२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसदहरूद्वारा पशुपति क्षेत्रको निरीक्षण

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा, अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले आज पशुपतिनाथ क्षेत्रको निरीक्षण तथा अनुगमन गरेको छ । 
सभापति राजकिशोर यादवको नेतृत्वमा पुगेको समितिका पदाधिकारीको  टोलीले पशुपति क्षेत्र विकास कोष तथा मन्दिर क्षेत्रको समग्र अवस्थाबारे अवलोकन गरेको हो । सो टोलीले मन्दिरका मूल पुजारी भट्टसँग पनि आवश्यक सल्लाह सुझावसहित छलफल गरेको थियो ।

अवलोकनमा सांसदहरु उदय शम्शेर राणा, एकनाथ ढकाल, प्रेम सुवाल, नारायणप्रकाश साउद, दामोदर पौडेल वैरागी लगायतको सहभागिता रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । निरीक्षण टोलीले मन्दिर परिसरका पूर्वाधार, व्यवस्थापन, स्वच्छता तथा पर्यटनमैत्री वातावरणका विषयमा गहिरो चासो राख्नुका साथै समितिका पदाधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीबीच छलफलसमेत भएको कोषका निमित्त सदस्य-सचिव शुभाषचन्द्र जोशीले जानकारी दिए ।

उनले भने, “समितिले पशुपति क्षेत्रमा विद्यमान समस्याका बारेमा प्रत्यक्ष जानकारी लिएको छ, पदाधिकारीले यहाँका समस्या अवलोकन गर्नुभयो र समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ ।”

छलफलका क्रममा पशुपति क्षेत्र विकास कोषले कोषको विकास, धार्मिक पर्यटकको सुविधा, सुरक्षा व्यवस्थापन र पूर्वाधार सुदृढीकरणका विषयमा विशेष ध्यान दिनुपर्ने औँल्याइएको तथा यहाँका समस्याको समाधानका लागि राज्यका तर्फबाट थप सहयोग आवश्यक रहेको धारणा राखिएको थियो ।

निरीक्षण पश्चात् समितिले निकट भविष्यमा पशुपति क्षेत्रको सुधार तथा विकासका लागि आवश्यक निर्देशन र सिफारिस गर्ने प्रतिबद्धता जनाएको समितिका सभापति यादवले बताए ।