२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असन्तुष्ट पक्षलाई खबरै नगरी बत्तिसपुतलीमा राप्रपाको भेला

अ+ अ-

काठमाडौँ। पार्टीभित्र विवाद र अन्तरद्वन्द्व चर्किँदै गएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई मजबुत पार्न आन्तरिक कसरत सुरु गरेका छन् ।

उनले आज काठमाडौँको एक होटलमा एउटा अनौपचारिक बैठक राखेका छन्, जसमा असन्तुष्ट पक्षका नेताहरूलाई खबर गरिएको छैन ।

लिङदेनले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै महामन्त्री डा‍‍. धवलशम्शेर राणा नेतृत्वको समूहले प्रतिवाद जारी राखेपछि संस्थापन पक्षको रणनीति तय गर्न भेला बोलाइएको हो ।

संस्थापन पक्षका एक नेताका अनुसार काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूलाई भेलामा बोलाइएको छ । खुलेर डा. राणाको गुटमा लागेकाहरूलाई भने खबर गरिएको छैन ।

ती नेताले भने, ‘निर्वाचन आयोग धाउने र नेतृत्वविरुद्ध वक्तव्यबाजी गरिरहेका १०–१५ जनाबाहेक सबैलाई खबर गरिएको छ ।’

आज दिउसो ३ बजेबाट भेला सुरु हुने बताइएको छ ।

अध्यक्ष लिङदेनले संस्थापन इतर पक्षका नेताहरूलाई छानिछानी कारवाही गर्न थालेपछि राप्रपाभित्र अन्तरद्वन्द्व चर्किएको छ । इतर पक्षले सामूहिकरुपमा नै अध्यक्षविरुद्ध जेहाद छेडिरहेका छन् ।

तीन दिनअघि डा. राणाको नेतृत्वमा हात्तिसारमा असन्तुष्ट पक्षको भेला आयोजना गरिएको थियो, जसमा केही पदाधिकारीसहित ७० जना सहभागी थिए ।