२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा सुझाव दिने आज अन्तिम दिन, सुझाव प्राप्त हुने क्रम जारी

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा सुझाव दिने आज अन्तिम दिन हो ।

आयोगका अनुसार सुझाव प्राप्त हुने क्रम जारी छ । आज अफिस समयसम्म प्राप्त सुझाव एकीकृत गरेर अध्ययन गर्ने अर्यालले जानकारी दिइन् ।

निर्वाचन आयोगले यही साउन ८ गते ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ प्रकाशन गरेर यसउपर सुझाव मागेको थियो । त्यसअगाडि नै राजनीतिक दलहरूलाई कार्यविधि पठाएर सुझाव दिन भनेको थियो । सबैलाई सुझाव दिन आजसम्मको समय दिइएको अर्यालले जानकारी दिइन् ।

प्रस्तावित कार्यविधिको मस्यौदामा राजनीतिक दलको स्वमूल्यांकन प्रणालीको सञ्चालन, रेखदेख र निर्देशन गर्न मूल्यांकन समिति रहने व्यवस्था छ ।

निर्वाचन आयोगका सचिवको संयोजकत्वमा रहने समितिको काम, कर्तव्य र अधिकार राजनीतिक दलको मूल्यांकन, सञ्चालन, रेखदेख र निर्देशन गर्ने रहेको छ । कार्यविधि बमोजिम दलले आफ्नो स्वमूल्यांकन गरे नगरेको सम्बन्धमा छानबिन गर्ने वा गराउने अधिकार दिने भनिएको छ ।

काम, कर्तव्य र अधिकारमा भनिएको छ, ‘दलले प्राप्त गरेको अंकको आधारमा मूल्यांकन सूची तयार गर्ने ।’ अर्थात्, राजनीतिक दलको स्वमूल्याङ्न हेरेर समितिले राजनीतिक दललाई नम्बर दिनेछ ।

राजनीतिक दलले प्राप्त गरेको अंकको आधारमा मूल्यांकनको नतिजा निर्वाचन आयोगले तयार पार्नेछ ।

मूल्यांकनका आधार र अंकभार अन्तर्गत राजनीतिक दलले कानून बमोजिम गर्नुपर्ने कार्य, निर्वाचनमा हुने सहभागिता र प्रतिनिधित्व रहेको छ । यसरी तयार गरिएको दलको स्वमूल्यांकन सूचकमा अंकभार प्रदान गर्ने आधार र अंक के गर्दा कति पाउने भनेर समेत राखिएको छ ।

राजनीतिक दलको स्वमूल्यांकन गर्नुपर्ने कारणमा भनिएको छ, ‘ दलको मूल्यांकनको नतिजाका आधारमा राज्यबाट प्राप्त हुने सुविधा प्रदान गर्न सहज बनाउन ।’

यी लगायतका अन्य विषयलाई समेत स्वमूल्यांकन गर्नु पर्ने कारणमा राखिएको छ ।

तर, यस्तो प्रस्तावित व्यवस्थाको साना दलहरूले विरोध गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बुधबार सिंहदरबारमा बसेको नेपाली काँग्रेस र नेकपा एमाले बाहेक दलहरूको बैठकले राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति आपत्ति जनाएको छ ।

माओवादी केन्द्र सहितका साना दलहरू आज सुझाव दिन निर्वाचन आयोग जाँदैछन् । संयुक्त रूपमा सुझाव दिने र आफूहरूलाई प्रस्तावित राजनीतिक दल स्वमूल्यांकन कार्यविधि स्वीकार्य नरहेको जानकारी गराउने उनीहरूको तयारी छ ।