२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास आयोजनाहरू समयमै सक्न कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकास निर्माणको काम समयमा सकियोस् भन्ने जनचाहनाअनुसार काम गर्नुपर्ने बताएका छन् ।

स्थानीय पूर्वाधार तथा विकास विभागको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई बुधबार सम्बोधन गर्दै उनले विभागलाई विकास निर्माणका आयोजनाहरू समयमा सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिए ।
शहरी विकास मन्त्रालयअन्तर्गत रहेको स्थानीय पूर्वाधार विकास विभागले सडक पूर्वाधार, झोलुंगेपुल, सडक पुल, स्थानीय तहको प्रशासकीय भवन र साना सिँचाइ आयोजनाको काम गरिरहेको छ ।

‘विकास निर्माण र पूर्वाधारसँग सम्बन्धित काम समयमा सकियोस् भन्ने जनताको चाहना पूरा गर्ने गरी काम गर्न लाग्नुस् । त्यसका लागि मन्त्रालयबाट गर्नुपर्ने केही छ भने भन्नुहोला । मन्त्रालयबाट गर्नुपर्ने काम गर्छौ,’ उनले भने। गतवर्ष विभागको समग्र प्रगति ६५ प्रतिशत मात्र देखिएकोमा असन्तुष्टि जनाउँदै सिंहले विगतका कमजोरी पहिचान गरी समाधान गर्दै आगामी वर्षमा उल्लेखनीय रूपमा वृद्धि गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, उनले अघिल्लो वर्षको समीक्षाबाट सिक्दै आगामी वर्षका योजनाहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्न समयमै काम शुरु गर्न पनि निर्देशन दिए ।

कार्यवाहक प्रधानमन्त्री सिंहले स्थानीय पूर्वाधार विकास विभागले चालू वर्षमा गर्ने योजनाहरू समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । ‘२०८२/८३ मा गर्नुपर्ने योजनाहरूलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने भन्नेमा ध्यान दिनुपर्छ । ईन्फ्रास्ट्रक्चर डेभलपमेन्टदेखि विकट स्थानमा निर्माण भइरहेका झोलुंगे पुलहरू समेत तोकिएको समयमा सम्पन्न हुनुपर्छ,’ उनले भने ।

कार्यक्रममा मन्त्रालयका सचिव गोपाल सिग्देलले कतिपय योजनाहरू डुप्लिकेसन भएको भन्दै आयोजना क्षेत्र प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय गरी सुनिश्चित गरेर मात्रै काम अगाडी बढाउन विभागलाई निर्देशन दिए।

विभागका महानिर्देशन महेशचन्द्र न्यौपानेले कार्यक्रममा आव ०८१/८२ को वार्षिक प्रगति समीक्षा प्रस्तुत गरेका थिए ।