२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीले दुःख दिएको भन्दै अमेरिकाका लागि फर्जी कागजात बनाउने काँग्रेसको निगरानीमा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस रोल्पाले माओवादीले दुःख दिएको भन्दै फर्जी कागजात बनाउनेहरूलाई निगरानी गरेको छ ।

जिल्ला कार्यसमिति रोल्पा र अन्य तहको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरेर द्वन्द्व प्रभावितको कागजात बनाउने कार्य भएको काँग्रेसले जनाएको छ ।

नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरी विभिन्न व्यक्तिहरूले आफू नेपाली काँग्रेसको साधारण सदस्य, क्रियाशील सदस्य भई नेपाली काँग्रेसको हरेक गतिविधिहरूमा सक्रिय भएको कारण द्वन्द्व प्रभावित भएको ब्यहोराको कागजात बनाउने कार्य भएको काँग्रेसले जनाएको छ ।

‘माओवादी पार्टीका कार्यकर्ताले दुस्ख दिएको, धम्की दिएकोले नेपालमा बस्न नसकी जीवन रक्षाका लागि विदेश (अमेरिका लगायतका) देशमा आउनुपरेको भनी गलत सिफारिस बनाई सम्बन्धित देशमा पेस गरेको, गर्ने प्रक्रियामा रहेको बुझिएकाले सो सम्बन्धमा नेपाली काँग्रेस रोल्पाको गम्भीर ध्यानाकर्षण भएको छ’, रोल्पाका काँग्रेस सभापति किशोर कुमार आचार्यले निकालेको विज्ञप्तिमा भनिएको छ ।

गलत, भ्रामक र कानुन विपरीतका कार्यहरूको बारेमा सम्बन्धित देश (विदेश) मा रहेका पार्टी जनसम्पर्क समितिको सहयोग लिने आचार्यले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘नेपालस्थित राजदूतावास समेतमा पार्टीको तर्फबाट कूटनीतिक पहल गरी आवश्यक प्रक्रिया अगाडि बढाउने’ आचार्यले विज्ञप्तिमा लेखेका छन् ।