२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमि विधेयकको छलफलमा पत्रकारलाई प्रवेश निषेध

अ+ अ-

काठमाडौँ । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको दफावार छलफलमा पत्रकारलाई निषेध गरिएको छ ।

यो विधेयक प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफलमा छ ।

आज बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको छ । बैठक सुरु भएलगत्तै मर्यादा पालकले पत्रकारलाई प्रवेश छैन भनेर बाहिर बस्न आग्रह गरेका थिए ।

यो विधेयकमा ५५ वटा संशोधन परेका छन् । सत्तारुढ दल नेपाली काँग्रेसले समेत संशोधन राखेको छ ।

काँग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, सांसद जीवन परियार, दिलेन्द्र बडू लगायतले भूमि विधेयकमा राखेको संशोधन प्रस्तावमा तीन तहको सरकारको अधिकार क्षेत्र र साझा अधिकार सूचीअनुसार विधेयकमा मिलाउनुपर्ने बताएका छन् । यसअघि सर्वोच्च अदालतले दिएका आदेश र फैसला हेर्नुपर्ने र नागरिक स्तरमा सरकारले भूमि विधेयक ल्याएर जग्गा वितरण गर्न लागेको भनेर परेका भ्रम चिर्नुपर्ने लगायतका विषय समेत राखेका छन् ।

प्रस्तावित विधेयकका कतिपय प्रावधानमा वन तथा वातावरण मन्त्रालयले नै आफ्नो असहमति दर्ज गरेको छ ।

प्रस्तावित विधेयकमा बुट्यान भएको, संरक्षित क्षेत्र निकुञ्जको जग्गा समेत नेपाल सरकारको नाममा ल्याएर भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई वितरण गर्न सक्ने प्रावधान छ । यस्तो ऐन बनाउन नसकिने भनेर वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले संसदीय समितिकै बैठकमा भनेका छन् ।

वन तथा वातावरण मन्त्रालयको असहमति प्रकट भएपछि यही साउन १८ गतेको बैठकमा वन मन्त्रालयका सचिव डा. मिश्र र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी आमुनेसामने भएका थिए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले त यही विधेयकमा असन्तुष्टि जनाएर सरकारलाई दिएको समर्थन नै फिर्ता लिएको छ ।