काठमाडौँ । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । लेदोसहितको पहिरोले सोमबार बेलुकी ७:०० बजेदेखि अवरुद्ध कर्णाली राजमार्गअन्तर्गतको सडक खण्ड आज साँझदेखि सञ्चालनमा आएको हो ।
कालिकोटको गगने खोलामा आएको पहिरोले बन्द भएको सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्ला प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए।
सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै कालीकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आउजाउ गर्न रोकिएका गाडी गन्तव्यतर्फ लागेका सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । गगने खोला कर्णाली राजमार्गको सबैभन्दा जोखिम र पहिरो गइरहने स्थान हो ।







