२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलालाई सधैँ दासको व्यवहार बन्द होस् भन्दै कानूनमन्त्रीलाई अनेमसंघले बुझायो ज्ञापन पत्र

अ+ अ-

काठमाडौँ । अखिल नेपाल महिला संघ काठमाडौँ कमिटीले महिलालाई सधैँ दासको व्यवहार बन्द गर्न माग गर्दै कानूनमन्त्री अजय चौरासियालाई ज्ञापन पत्र बुझाएका छन् ।

अध्यक्ष भगवती गौतम नेतृत्वको टोलीले  मन्त्री चौरासियालाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बहुविवाह गर्न पाउने भन्ने कानुनको मसौदा तयार गरेको भन्दै अनेमसंघले ध्यानाकर्षण गराएका छन् । कानुन मन्त्रालयले हाल ल्याउन लागेको उक्त पश्चगामी कानुन तत्काल रोक्न माग गरेका छन् ।

२०७५ भाद्र १ गते देखि पूर्णतया निषेध गरिएको मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गरी निश्चित परिस्थितिमा बहुविवाह गर्न पाउने कानुन ल्याउन लागेको विषयले ध्यानाकर्षण भएको जनाएको छ ।

ज्ञापन पत्रमा भनिएको छ, ‘पितृसत्तात्मक सामाजिक संरचनाले महिलाहरू शक्ति, सत्ता र सम्पत्ति वाट वञ्चित भएको परिस्थिति छ । यस परिस्थितिमा अहिले नेपाल सरकार कानुन, न्याय तथा संसदीय मन्त्रालयले ल्याउन लागेको कानुनी व्यवस्थाले महिला समानताको नाममा अमुक व्यक्तिहरूको अवाञ्छित इच्छा पुरा गर्ने देखिएको छ र महिलाहरूलाई सधैँ दासको रूपमा व्यवहार गर्न बाटो खुलाउने देखिन्छ ।