२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण’-मन्त्री खड्का

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारको ऊर्जा विकासको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।

आज नेपाल सौर्य ऊर्जा उत्पादक संघको २५औँ रजत जयन्ती समारोह उद्घाटन गर्दै उनले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

सरकारले उज्यालो दिन नसकेको ठाउँमा सौर्य विद्युत् उत्पादनमार्फत संघले भूमिका निर्वाह गरेको मन्त्री खड्काले उल्लेख गरे । सिँचाइ पुर्‍याउन नसकेको स्थानमा सौर्य ऊर्जा प्रणालीमार्फत सिञ्चित गरेर संघले योगदान गरेकामा उनले आभार व्यक्त गरे ।

सरकारले लिएको १० वर्षे दिगो ऊर्जा लक्ष्यमा संघको निरन्तर सहयोग र सहकार्य अपरिहार्य हुने उनको भनाइ छ ।

दिगो ऊर्जा विकासका लागि निजी क्षेत्रको लगानी र साझेदारीलाई अझ प्रभावकारी बनाउन सरकारले नीतिगत सहजीकरण गरिरहेको मन्त्री खड्काले स्पष्ट पारे ।

“स्वच्छ र भरपर्दो ऊर्जाको विकल्पका रूपमा सौर्य ऊर्जा रणनीतिक रूपमा महत्त्वपूर्ण छ, हामी जलविद्युत्मा जति अगाडि बढ्दै छौँ, सौर्य ऊर्जा त्यत्तिकै महत्वको विषय हो, जलवायु परिवर्तनको चुनौतीलाई मध्यनजर गर्दै अबको ऊर्जा योजना बहु आयामिक र नवीकरणीय स्रोतमै केन्द्रित हुनुपर्ने आवश्यकता छ,” उनले भने ।

ऊर्जा मन्त्री खड्काले सरकारले सौर्य ऊर्जा क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सौर्य विद्युत् खरिद दर पुनरावलोकन, प्रसारण लाइनको पहुँच विस्तार र बैंकीङको व्यवस्था जस्ता विषयलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।

संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले सौर्य ऊर्जा उत्पादनमा जनताको सहभागिता बढाउन आवश्यक रहेको बताए । विक्रम संवत् २०५७ सालमा स्थापना भएको उक्त संघमा हाल १३५ कम्पनी आबद्ध छन् ।