२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद शर्माले भनिन्-‘सरकारले बहुविवाह गर्न दिन खोज्नु, प्रतिगमन हो’

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले बहुविवाहलाई कानुनी मान्यता दिने गरी सरकारले कानुनी प्रबन्ध गर्न लागेको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद शर्माले संविधान प्रदत्त महिला अधिकार र नेपाल पक्ष राष्ट्र भएर गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धि विपरीत सरकारले देवानी संहिता २०७४ को धारा १७५ लाई संशोधन गर्न खोज्नु गलत भएको बताइन् ।

उनले बहुविवाहलाई कानुनी मान्यता दिने गरी कानुन मन्त्रालयले गरिरहेको तयारी ठिक नभएको बताइन् ।

सांसद शर्माले भनिन्, ‘जनयुद्ध जनआन्दोलन र सबै खाले महिला आन्दोलनका प्राप्त उपलब्धिमाथि सरकारले जसरी प्रहार गर्दैछ । यो महाप्रतिगमन हो । यसकाप्रति घोर आपत्ति व्यक्त गर्दछु । यससम्बन्धी प्रतिगमनकारी विधेयक अघि नबढाउन ध्यानाकर्षण गर्दछु ।’

सांसद शर्माले प्रतिगमनलाई आफूहरूले नस्विकार्ने समेत स्पष्ट पारिन् ।