२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गठबन्धन सरकारप्रति जनताको ठूलो आशा र भरोसा छ’ : नेता कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासन कायम भए मुलुकमा लोकतन्त्र बलियो हुने बताएका छन् ।  

विराटनगर वरगाछीस्थित गुराँस पुस्तकालयद्वारा आज यहाँ आयोजित मुक्तिप्रसाद-यदुनाथ चापागाईँ सम्मान कार्यक्रममा उनले राजनीतिक दलका नेता इमानदार भए संघीय गणतन्त्रको सफल कार्यान्वयन हुनुका साथै लोकतन्त्र बलियो हुने धारणा राखे ।  

प्रतिनिधि सभा सदस्य डा. कोइरालाले पार्टीको आफ्नो विचार र सिद्धान्त बिर्सेमा लोकतन्त्र संकटमा पर्ने भन्दै यसप्रति सचेत हुनुपर्नेमा जोड दिए । अर्को प्रसंगमा उनले वर्तमान सरकार परिवर्तन गर्नुपर्ने आफ्नो सोच नरहेको तर सरकारले पारदर्शी र जबाफदेही भएर काम गर्नुपर्ने बताए । उनले भने, ‘वर्तमान गठबन्धन सरकारप्रति नेपाली जनताको ठूलो आशा र भरोसा रहेकाले नागरिकको जीवनस्तर वृद्धिको अनुभूति हुने खालको कार्य गर्नुपर्छ ।’  

नेता डा कोइरालाले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि यदुनाथ चापागाईँले खेलेको भूमिकाबारे चर्चा गर्दै सबैले त्यसको अनुसरण गर्नुपर्ने बताए ।  

पुस्तकालयका अध्यक्ष रन्जितप्रकाश बुढाथोकी, पूर्वअध्यक्ष दिपक चापागाईँ तथा साहित्यकार दिनेशराज सुवेदीले गुराँस पुस्तकालयको महत्त्व र प्रजातन्त्र स्थापनाका लागि चापागाईँ परिवारको भूमिका विषयमा धारणा राखे ।  

विसं २०२७ सालमा विराटनगर-४ वरगाछीमा पुस्तकालय स्थापना गरिएको थियो । कार्यक्रममा पूर्वमन्त्री हरि सापकोटा, मोहम्मद अन्सारी र डा. प्रमीला गच्छदारलाई सम्मान गरिएको थियो ।