२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउदी अरबमा एकै दिनमा ८ जनालाई मृत्युदण्ड

अ+ अ-

काठमाडौँ। साउदी अरबमा लागू औषधसम्बन्धी अभियोगमा मृत्युदण्डको सजायको प्रयोगमा वृद्धि भइरहेका बेला साउदी अरबले एकै दिन आठ जनालाई मृत्युदण्ड दिएको साउदी अरबका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

साउदी समाचार संस्था (एसपीए) का अनुसार चार जना सोमालियाली र तीन इथियोपियालीलाई शनिबार दक्षिणी क्षेत्र नजरानमा ‘राज्यमा चरेश तस्करी गरेको आरोपमा’ मृत्युदण्ड दिइएको छ भने आफ्नी आमाको हत्या गरेको आरोपमा एक जना साउदी नागरिकलाई मृत्युदण्ड दिइएका छ ।

सन् २०२५ को सुरुदेखि अहिलेसम्म साउदी अरबले २३० जनालाई मृत्युदण्ड दिइसकेको एएफपीले जनाएको छ । तीमध्ये १५४ जनालाई लागू औषधसम्बन्धी अभियोगमा मृत्युदण्ड दिइएको थियो ।

मृत्युदण्डको यो बर्षको अहिलेसम्मको गतिले राज्यलाई गत वर्ष दिइएका मृत्युदण्डको ३३८ घटनाको रेकर्डलाई तोड्ने देखिएको छ ।

विश्लेषकहरूले यो वृद्धिलाई सन् २०२३ मा सुरु गरिएको ‘लागुऔषधविरुद्धको युद्ध’ सँग जोडेका छन्। साउदी अरबमा ‘लागुऔषधविरुद्धको युद्ध’ को अभियानमा पहिलो पटक पक्राउ परेकाहरूमध्ये धेरैलाई कानुनी प्रक्रिया र दोषी ठहर भएपछि मात्र मृत्युदण्ड दिइएको छ।

साउदी अरबले सन् २०२२ को अन्त्यमा लागू औषधसम्बन्धी कसुरमा मृत्युदण्डको व्यवस्थालाई करिब तीन वर्षका लागि स्थगन गरेको थियो ।

एएफपीका अनुसार सन् २०२२ मा १९ जना, सन् २०२३ मा दुई जना र सन् २०२४ मा ११७ जनालाई लागू औषधसम्बन्धी अपराधमा मृत्युदण्ड दिइएको थियो ।

अधिकारकर्मीहरूका अनुसार साउदी अरबले मृत्युदण्डलाई निरन्तर अङ्गीकार गर्नुले राजकुमार मोहम्मद बिन सलमानको ‘भिजन २०३०’ सुधार एजेन्डाको केन्द्रमा रहेको अधिक खुला, सहिष्णु समाजको छविलाई कमजोर बनाएको छ।

साउदी अधिकारीहरूले सार्वजनिक सुव्यवस्था कायम राख्न मृत्युदण्ड आवश्यक रहेको र अपिलका सबै माध्यम समाप्त भएपछि मात्र यसको प्रयोग गरिने बताएका छन्।