२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थारू आयोगमा तनाव: सदस्य मोदीले कार्यवाहक अध्यक्षलाई कार्यकक्षभित्रै थुनिन्

अ+ अ-

काठमाडौँ । थारू आयोगमा आन्तरिक विवाद चरममा पुगेको छ । आयोगकी सदस्य शान्ति मोदीले कार्यवाहक अध्यक्ष सुबोध सिंह थारुलाई कार्यकक्षभित्रै थुनेपछि प्रहरीले उनलाई उद्धार गरेको छ ।

हाजिरीको विषयलाई लिएर विवाद बढेपछि कार्यरत अवस्थामा रहेका कार्यवाहक अध्यक्ष थारुलाई सदस्य मोदीले कार्यकक्षको ढोकामा बाहिरबाट ताला लगाइदिएकी थिइन् । घटनापछि सिंहदरबारस्थित प्रहरी वृत्तका सुरक्षाकर्मीहरू पुगेका थिए । उनीहरूले ढोका खोलेर अध्यक्ष थारुलाई बाहिर निकालेका थिए ।

सदस्य मोदीले एक हप्ताको बिदा लिए पनि एक महिनासम्म सम्पर्कविहीन हुनुभएको थियो कार्यवाहक अध्यक्षले भने, “माननीय शान्ति मोदीले एक हप्ताको बिदा लिनुभएको थियो, हामीले स्वीकृत गर्‍यौँ । तर, त्यसपछि उहाँ एक महिनासम्म बेपत्ता रहनुभयो । हामीले खोजी गर्दा पनि सम्पर्कमा आउनुभएन । अहिले आएर पूरै महिनाको हाजिरी गर्न पाउनुपर्ने माग गर्नुभयो । म कार्यकक्षमा काम गरिरहेकै बेला बाहिरबाट ताला लगाइदिनुभयो ।”

उता, सदस्य मोदीले आफू बुधबारदेखि नियमित कार्यालयमा उपस्थित भइरहे पनि कार्यवाहक अध्यक्षले हाजिरी गर्न नदिएको आरोप लगाइन् । उनले भनिन्, “म बुधबारदेखि कार्यालयमा छु, तर अध्यक्षज्यूले मलाई हाजिरी गर्न दिनुभएन । त्यसैले आज कार्यकक्षमा ताला लगाइदिएँ । पछि मैले आफैँ प्रहरी बोलाएर ढोका खुलाइदिएँ ।”

उनले वर्षौँदेखि अध्यक्ष पक्षको अत्याचार सहनु परेको गुनासो गर्दै भनिन्, “चार वर्षदेखि मैले उनीहरूको अत्याचार सहेर बसेकी छु । बैठक कहिल्यै बस्दैन, मनपरी निर्णय हुन्छ । महिला भएकै कारण यस्तो व्यवहार गरिएको जस्तो लाग्छ ।”