२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढी उपमहानगरको सरकारी पूजा टोली पहिलो पटक बडिमालिका प्रस्थान

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिमको प्रमुख शक्तिपिठका रूपमा रहेको बडिमालिकामा पूजाका लागि धनगढी उपमहानगरपालिकाको सरकारी टोली त्यसतर्फ प्रस्थान गरेको छ। 

नगरवासीको सुख शान्तिको कामना गर्दै उपमेयर कन्दकला रानाको नेतृत्वमा पहिलो पटक उपमहानगरपालिकाको टोली आइतबार बिहान बाजुरामा रहेको बडिमालिका प्रस्थान गरेको हो। 

उपमेयर राना, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खाती सहित नगरका कर्मचारी र नगर प्रहरी सहितको टोली धनगढीको वनदेवी मन्दिरबाट पूजा सामग्री सहित बडिमालिका प्रस्थान गरेको हो। ‘धनगढीवासीको सुखशान्ति र समृद्धिको कामना सहित पहिलो पटक सरकारी टोली बडिमालिका जान थालेको हो। अर्को वर्षदेखि निरन्तर सरकारी टोली पूजा सामग्रीसहित बडिमालिका जानेछ’, उपमेयर कन्दकला रानाले भनिन। उनले नगरप्रमुख गोपाल हमालको प्रस्तावमा नगरपरिषदको बैठकले यस्तो निर्णय गरेको बताइन्।

सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल बाजुरा स्थित बडीमालिका माईको मन्दिरमा साउन २३ गते चतुर्दशीका दिन लाग्ने धार्मिक मेलाका अवसरमा धनगढी उप‐महानगरपालिकाको सरकारी पूजा टोली प्रस्थान गरेको हो। 

नगर उपप्रमुख रानाले ४५ जनाको समूहमा टोली बडीमालिकाका लागि प्रस्थान गरेको बताएकी छन्। धनगढी उपमहानगरपालिकाको टोलीले धनगढीको वनदेवी मन्दिरमा पूजासहित विधि पूर्वक यात्रा सुरु गरेको हो। वनदेवी मन्दिरमा नगर प्रहरीको टोलीले सरकारी टोली र पूजा सामग्रीलाई सलामीसहित बिदाइ गरेको थियो।

बडिमालिकामा यसअघि सुदूरपश्चिमको डोटी र बाजुराबाट मात्रै सरकारी टोली पूजा सामग्री (पटेरो)सहित बडिमालिका जाने गरिएकोमा यसपालीदेखि उपमहानगरपालिकाको पनि सरकारी पूजा सामग्री सहित टोली जाने भएको हो। धनगढीबाट यो यात्रा कम्तीमा पनि ८ दिनको हुनेछ।