२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्पनी रजिष्ट्रारको कार्यालय सुधारका लागि नयाँ कार्यविधि : डिजिटल प्रक्रिया तीव्र, फेसलेस प्रणालीको तयारी

अ+ अ-

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले हालसम्म अभिलेख भइसकेका वार्षिक विवरणका जानकारी पत्रहरू सम्बन्धित कम्पनीको सिएएमआईएस खातामा स्वचालित रूपमा पुग्ने व्यवस्था मिलाइएको छ। यस कदमले सेवाग्राहीहरूले जानकारी पत्र बुझ्ने प्रक्रियालाई सरल र छरितो बनाउने अपेक्षा गरिएको छ।

यसबाहेक, साबिकका कर्मचारीहरूबाट पहिले नै स्वीकृत भई डिजिटल हस्ताक्षरमा पेन्डिङ अवस्थामा रहेका आवेदनहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ। कार्यालयले ती कार्यहरूलाई छिटो फर्छ्योट गर्न सबै उपलब्ध उपायहरू प्रयोग गर्दै डिजिटल हस्ताक्षरसम्बन्धी प्रक्रियालाई तीव्र बनाएको निमित्त रजिष्ट्रार देवी प्रसाद सुवेदीले जनाएका छन् । 

नयाँ सरुवा भएर आएका कर्मचारीहरूमार्फत कम्पनीको नाम स्वीकृति र दर्ता कार्य नियमित रूपमा सम्पादन हुने चरणमा कार्यालय पुगिसकेको छ। यसले कार्यालयको प्रशासनिक गति फेरि सक्रिय बन्दै गएको स्पष्ट देखिएको छ।

साविकमा पेन्डिङ अवस्थामा रहेका दर्ता पछिका कार्यहरूमध्ये अधिकांश आवेदनहरू २०८२ साल भाद्र महिनाको पहिलो साता भित्रै फर्छ्योट गर्ने लक्ष्य लिइएको छ। सोहीअनुसार कार्यसम्पादनलाई तीव्र बनाउने प्रयास भइरहेको सुवेदीको भनाई छ । 

त्यसपछि दर्ता खारेजीसम्बन्धी आवेदनहरूमध्ये सबैभन्दा पहिले लिक्विडेशन खारेजीलाई प्राथमिकता दिइनेछ। अन्य खारेजी आवेदनहरूलाई समेत क्रमशः फर्छ्योट गर्दै लगिने योजना रहेको उनले जनाएका छन् । 

सिएएमआईएस प्रणालीमार्फत पेन्डिङ आवेदनहरूको फर्छ्योट सम्पन्न गरेपछि सेवाग्राहीले आफूले दर्ता गरेको आवेदनको काम अघि बढाउन कार्यालयमा नै आउन नपर्ने व्यवस्था गरिनेछ। सेवा कार्यसम्पादनलाई फेसलेस बनाउँदै कानुनले तोकेको समयसीमा भित्रै काम सम्पन्न गरिनेछ, जसबाट कर्पोरेट सेवा पूर्णरूपमा सेवाग्राहीमैत्री हुने विश्वास गरिएको छ।