२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्कीएले सिरियामा विद्युत् उत्पादनमा सघाउन अजरबैजानबाट ग्याँस आपूर्ति सुरु 

अ+ अ-

एएफपी । टर्कीएले शनिबार अजरबैजानबाट सिरियामा प्राकृतिक ग्याँसको आपूर्ति सुरु गरेको छ । गृहयुद्धका कारण सिरियाको विद्युत् पूर्वाधार ध्वस्त भएको थियो।

गत डिसेम्बरमा बशर अल असदलाई सत्ताच्यूत गरेका सिरियाका इस्लामिक अधिकारीहरूले दैनिक २० घण्टाभन्दा बढी विद्युत् कटौती भइरहेको क्षतिग्रस्त देशको पुनर्निर्माणका लागि कोसिस गरिरहेका छन् ।

सिरियाका ऊर्जामन्त्री अजरबैजानका अर्थमन्त्री र कतारको विकास कोषका प्रमुखको उपस्थितिमा आयोजित एक समारोहमा बोल्दै टर्कीएका ऊर्जामन्त्री अल्पस्र्लान बेराक्टारले यो पहलले सिरियालाई सामान्यीकरण गर्न सहयोग पुग्ने बताए ।  

“प्रारम्भिक चरणमा प्रतिवर्ष दुई अर्ब क्युबिक मिटरसम्म प्राकृतिक ग्यास सिरिया निर्यात गर्न सकिन्छ,” सिरियाली सीमा नजिकैको दक्षिणी प्रान्त किलिसमा आयोजित समारोहमा बेराक्टारले भने। दमास्कसले उक्त ग्याँस विद्युत् उत्पादनका लागि प्रयोग गरिने बताएको छ । 

“यो ग्यासले करिब ५० लाख घरधुरीको विद्युत् आवश्यकता पूरा गर्न करिब एक हजार २०० मेगावाट क्षमताको विद्युत् गृहलाई सक्रिय बनाउन मद्दत गर्नेछ,” उनले भने । उनले भने, “हामी अलेप्पो र अलेप्पोबाट होम्ससम्म प्राकृतिक ग्याँस ढुवानी गर्नेछौँ। यसले निकट भविष्यमै त्यहाँका विद्युत् गृहहरू सञ्चालनमा ल्याउन सक्षम बनाउनेछ।” 

सिरियामा विद्युत् उत्पादनका लागि ग्यास आपूर्ति गरी सहयोग गर्ने कतारी योजनाको पहिलो चरण गत मार्चमा जोर्डन हुँदै सुरु भएको थियो र दैनिक ४०० मेगावाट विद्युत् उपलब्ध गराइएको थियो ।