२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षमान पुनले भने-‘स्थायी कमिटी बैठकमा पार्टीलाई एकताबद्ध गर्ने कोशिस गर्छौँ’

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि जारी स्थायी समिति बैठकमा छलफल चलिरहेको बताएका छन्।

शनिबार भिमदत्त पन्तको ३२ औँ स्मृति दिवसका अवसरका पार्टी सम्बद्ध किसान संगठनले गरेको कार्यक्रममा उनले बैठकले पार्टीलाई एकताबद्ध गरेर जाने बताए । 

अर्का उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वबारे सार्वजनिक रूपमा दिएका अभिव्यक्तिलाई लिएर माओवादी स्थायी समितिमा छलफल भइरहेका बेला पुनको यो भनाइ आएको हो।

नेताहरूलाई जति रिस उठे पनि दायाँबायाँ गर्न र भाग्न नपाउने भन्दै पुनले इतिहासको जिम्मेवारी नलिने व्यक्ति नेता हुन नसक्ने तर्क गरे।

‘पार्टी स्थायी समितिको बैठक चलिरहेको छ। हामी मर्यादित र जनवादी वातावरणमा छलफल गर्छौँ। पार्टीलाई एकताबद्ध गर्ने कोशिस गर्छौँ’, पुनले भने।

उनले जारी बैठकले पार्टीलाई एकताबद्ध गरेर विधिसम्मत ढंगले अघि बढाउने बताए। सत्तासीन दल र माओवादीका दुश्मन शक्तिहरूले टुटफुट र विभाजनमा लैजान कोशिस गर्न सक्नेतर्फ सचेत हुन पार्टी नेतृत्व र कार्यकर्तालाई आग्रह गरे।