२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विपद् पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाउन जरुरी छ’ : रमेश लेखक

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई भरपर्दो, व्यवस्थित तथा सर्वसुलभ बनाउन आवश्यक रहेको बताएका छन् । 

आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित ‘गृहमन्त्रीसँग विपद्’ संवादमा उनले समयमा पूर्वसूचना दिन सकेमा विपद्बाट हुने धनजनको क्षति न्यूनीकरण गर्न सकिने बताए ।

“विपद् प्रतिकार्यका लागि हामीले काम गरिरहेका छौँ । अझै सबैको सहकार्यमा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक छ,” उनले भने, “अब विपद्को समयमा सर्वसाधारणलाई मोबाइलमा एसएमएस मात्र होइन, फोन नै गरेर पूर्वसूचना दिन जरुरी छ ।”

नेपालमा जुनसुकै समयमा पनि बहुप्रकोपीय जोखिम रहने भएकाले सोअनुसार आवश्यक तयारी थाल्नुपर्ने मन्त्री लेखकको जोड रहेको छ । मित्र राष्ट्रमा देखिएको हिमतालको जोखिमका कारण पनि नेपाललाई असर परिरहेकाले सूचना आदान-प्रदानलाई प्रभावकारी बनाउन जरुरी रहेको मन्त्री लेखकको भनाइ छ ।

“नीतिगत तथा कानुनी सुधार गरेर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यक्रमलाई प्रभावकारी बनाउने हाम्रो योजना रहेको छ, अन्य संस्थागत सुधार गर्ने तयारीसमेत गरिरहेका छौँ,” मन्त्री लेखकले भने । 

विपद्को समयमा उद्धारलाई अझ बढी प्रभावकारी बनाउन निजी क्षेत्रसँग पनि सहकार्य भइरहेको उहाँको भनाइ छ ।