२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी स्थायी कमिटी बैठक तीन दिनमा सक्ने तयारी, ‘प्रचण्ड’-जनार्दन अन्तरसंघर्ष पनि छलफलको एजेन्डा

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक तीन दिनमा सक्ने तयारी गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेबाट सुरु हुने बैठक तीन दिनमा सक्ने तयारी गरेको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए।

उनले भने, ‘आजबाट सुरु भएको बैठक तीन दिनमा सक्ने भन्ने छ। तर, परिस्थिति हेरेर हुन्छ, थप एक दिन लम्बिन पनि सक्छ।’

उनका अनुसार आजको बैठकको सुरुमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान परिस्थिति, पार्टीभित्रकोबारे ब्रिफिङ गर्नेछन्।

उनले थपे, ‘अध्यक्षको ब्रिफिङपछि मात्रै नेताहरूलाई कति समय बोल्न दिने भन्ने तय हुन्छ। त्यहाँ पार्टी पदाधिकारीहरूले पनि आआफ्नो कुरा राख्नुहुन्छ। समग्र परिस्थितिबारे पनि छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने हुन्छ। स्थायी कमिटीलाई १० देखि १२ मिनेट औसतमा निर्धारण हुन्छ।’

बैठकले पोखरामा आएर रोकिएको अभियानबारे निर्णय लिएर केन्द्रीय समितिको मिति तय गर्ने गर्नेछ।

यस्तै, समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल गर्ने र संगठन निर्माण विकास, आन्तरिक एकता सुदृढीकरणबारे पनि छलफल हुनेछ।

बैठकमा अध्यक्ष ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच चलिरहेको अन्तरसंघर्षबारे पनि यही बैठकमा छलफल हुने एजेन्डा बनेको छ। शर्माले तत्काल पूर्व निर्णय कार्यान्वयन गर्दै विशेष महाधिवेशनमा जान माग गरिरहेका छन्।