२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैठकमा आएर नेता-कार्यकर्तालाई फेस गर्न नाउपाका नवनियुक्त अध्यक्ष लालवीरको चुनौती’

अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।

बिहीबार काठमाडौँमा बसेको भेलाले रञ्जिता श्रेष्ठलाई हटाउँदै लालवीरलाई अध्यक्ष चयन गरेको हो। लालवीर चौधरी नाउपाका संरक्षक रेशम चौधरीका बुबा एवं प्रतिनिधिसभा सदस्य हुन्।

अध्यक्ष चयन भएपछि चौधरीले पार्टीलाई विधि र पद्धतिअनुसार अगाडि बढाउने बताए। उनले पार्टीभित्र निकास निकाल्नका लागि आफू गम्भीर रहेको भन्दै आफ्ना कुराहरू पार्टीमा राख्न रञ्जिता श्रेष्ठलाई सुझाव दिए।

रञ्जिता श्रेष्ठले डेढ वर्षदेखि पार्टीको बैठकसमेत नराखेको र त्यसका कारण पार्टीका गतिविधि अवरुद्ध भएकाले राष्ट्रिय भेलामार्फत निकास निकाल्ने प्रयास गरेको उनको भनाइ छ।

‘अध्यक्षको जिम्मेवारी पाइसकेपछि कमिटीको सल्लाह, सुझाव र विधि-पद्धति अनुसार नाउपालाई अगाडि बढाउँछु। हामीले उहाँ (रञ्जिता)लाई पार्टीमा आएर आफ्नो कुरा राख्न सुझाव सल्ला दिइरहेका छौँ। डेढ वर्ष भयो उहाँले बैठक नबोलाएको। तर, रुपन्देहीको उपनिर्वाचनमा उम्मेदवारी दिनुपर्ने भएकाले विधानसम्मत हामीले भेला गरेका हौँ। भेलाबाट निकास दिन खोजेका हौँ। उहाँलाई अझै भन्छु, बैठकमा आएर नेता-कार्यकर्तालाई फेस गर्नुस्, ’उनले भने।