२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मानव बेचबिखन नियन्त्रणमा साझेदारी अपरिहार्य’ : महानिरीक्षक थापा

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापाले मानव बेचबिखन नियन्त्रणका लागि सरोकारवाला निकायबीचको साझेदारी अपरिहार्य रहेको बताएका छन् । 

मानव बेचबिखन तथा यौनजन्य हिंसाविरुद्धको साझा अभियान चितवनले आज भरतपुरमा ‘अन्तरराष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस’को सन्दर्भमा एक कार्यक्रम आयोजना गरेको थियो ।

सो कार्यक्रममा उनले पछिल्लो समय सामाजिक सञ्जाल, अनलाइन डेटिङ एप्स, म्यारिज ब्युरो, विभिन्न प्रकारका भिसा (भिजिट, डिपेन्डेन्ट, सिजनल, एजुकेसन, कल्चरल) र सरोगेसीको नाममा हुने शोषणलाई मानव बेचबिखनका नयाँ प्रवृत्तिको रूपमा रहेको बताएका हुन् । 

उनका अनुसार गत आर्थिक वर्षमा मात्रै १५२ वटा मुद्दा दर्ता भई २४१ आरोपी पक्राउ परेका छन् । १८४ जना पीडितको उद्धार गरिएको छ भने सो मध्ये ९० महिला र नौ बालिका छन् । उनले मानव बेचबिखन तथा यौनजन्य हिंसा पुरुषबाट मात्रै नभई महिलाबाटसमेत हुने गरेको उल्लेख गर ।

सो अवसरमा  भरतपुर महानगरपालिका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले मानव बेचबिखन र लैंगीक हिंसा नियन्त्रणका लागि सबै सरोकारवालाबीच साझा प्रयास आवश्यक रहेकामा जोड दिए ।  महानगरले सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य, रोजगारी, अनाथालय व्यवस्थापन र हिंसा नियन्त्रणका लागि रु एक अर्ब १५ करोड बजेट विनियोजन गरेको जानकारी दिए । 

माडी नगरपालिका उपप्रमुख खेमप्रसाद महतोले माडी क्षेत्र मानव बेचबिखन तथा ओसारपसारका लागि प्रमुख गन्तव्य बन्दै गएकामा गम्भीर चिन्ता व्यक्त गरे । 

प्रमुख जिल्ला अधिकारी  प्रकाश पौडेलले चितवन जिल्लामा करिब ४० प्रतिशत बालबालिकाका अभिभावक वैदेशिक रोजगारीमा रहेको जानकारी दिए । 

जसले गर्दा पारिवारिक बिखण्डन, निगरानीको अभाव र सामाजिक समस्या निम्तिने उनले बताए ।