२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीलाई हावादारी कुरा नगर्न सभामुखबाट रुलिङ हुनुपर्ने माग

अ+ अ-

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीका कतिपय अभिव्यक्तिलाई ‘हावादारी अभिव्यक्ति’को संज्ञा दिएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति गलत हुन नहुने भनेर यस निम्ति सभामुखबाट रुलिङ हुनुपर्ने माग गरे ।

‘प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर झुटको खेती गर्ने, आँपलाई इम्लिी भन्ने, अन्धकारमा धकेल्ने र समाजलाई विनाशतिर लाने कुरा कदापि स्वीकार्य छैन । यसलाई करेक्सन गर्न सभामुखबाट रुलिङ होस्’, सांसद साहले भने ।

प्रधानमन्त्रीले राम कहाँ जन्मेको जस्ता विषय बोलेको भनेर सांसद साहले आपत्ति जनाएका हुन् । उनले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीराम रामजी नेपालमा जन्मेको कुरा पटक पटक भनिराख्नु भएको छ उहाँ भन्नुहुन्छ राम चितवनमा जन्मेका छन्, चतरा विश्वामित्रका आश्रम स्थल हुन् म सोध्न चाहन्छु– नेपाल को भू–भागका असली वारिस आदिवासी जनजाति हो कि क्षेत्री बाहुन हो ?’

रामायण भनेको क्षेत्री बाहुनको पुरानो कथा भएको उल्लेख गर्दै उनले यदि क्षेत्री बाहुन यस भूभागका वारिस हो भने थारुहरू के हुन् भनेर सोधे ।

‘के चितवनका आदिवासी थारु होइन ? के चत्राका आदिवासी किराती होइन ? यदि किराती नै आदिवासी हो भने क्षेत्री बाहुनको कुरा यहाँ घुसाएर के भन्न खोज्नु भएको छ हामी जान्न चाहन्छौ’ साहको प्रश्न छ, ‘राजनीतिक स्टन्टको लागि जे पनि गर्ने झुटको खेती प्रधानमन्त्री जस्तो लेभलले गर्न मिल्छ कि मिल्दैन ?’

प्रधानमन्त्री/मन्त्रीले देशको नेतृत्व गरिराखेको ख्याल गर्नुपर्ने उनको आग्रह छ ।

प्रधानमन्त्रीले देशलाई सही दिशा देखाउनुपर्ने उल्लेख गर्दै उनले भने, ‘सबैलाई थाहा छ सत्यको बाटो हिँड्यो भने समाजले सही दिशा लिन्छ । झुटले समाजले अन्धकारमा धकेल्छ, द्वन्द्वमा धकेल्छ र विनाश तिर लान्छ ।’

क्यान्सरको रोगलाई डाक्टरले टिभी लेखिदियो भने बिरामीले कहिले पनि उपचार प्राप्त गर्न नसक्ने उल्लेख गर्दै उनले प्रधानमन्त्रीको तहबाट गलत हुँदा पनि यस्तै हुने बताए ।

‘प्रधानमन्त्रीले हाम्रो समाजको वास्तविकता देखाउनु पर्ने हो । नेपाल कहिले पनि गुलाम भएन । यसको एउटै कारण हो– जनजाति आदिवासी यहाँको मूल बासिन्दा हो । जसको कारण हामी कहिले पनि गुलाम भएनौँ’, साहले भने ।

उनकाअनुसार नेपालको एकीकरण भन्दा पहिला पनि राज्य थियो तर कहिले गुलाम भएन । सानो(साना राजवंश हुँदा पनि गुलाम भएन । ती इतिहासहरूलाई खोतलेर स्थापित गर्नुको सट्टा, इतिहासको वास्तविकता दुनियाँलाई बताउनुको सट्टा उल्टो गुमराह बनाइदिने र आदिवासी जनजातिको अस्तित्वलाई अस्वीकार गर्ने कार्य भए त्यो स्वीकार्य नहुने उनको चेतावनी छ ।

‘आदिवासी जनजातिको राज्य खोसियो, अधिकार खोसियो, पहिचान अस्वीकार गरियो र अहिले इतिहास माथि छेडछाड’, साहको चेतावनी छ, ‘इतिहास माथि छेडछाड गरेर नेपालको समाजलाई नेपाललाई कता लान खोजेको भन्ने प्रश्न आउँछ ।’

बरु प्रधानमन्त्री/मन्त्री जस्तो व्यक्तित्वले किरातीको इतिहास खोतल्नुपर्ने उनको सुझाव छ । उनी भन्छन्, ‘किराती कस्ता शासनहरू गरे, जो कि यत्रो ठूलो सम्राज्यहरु आइराख्दा, ठूलो वंश राज गरिराख्दा, चक्रवर्ती राजा भइराख्दा पनि कहिले गुलामी स्विकारेन, कहिले अधीनस्थ भएन ।’

प्रधानमन्त्रीलाई साहको अपिल छ, ‘तथ्यलाई उजागर गर्नुको सट्टा, इतिहासको सत्य तथ्य स्थापित गर्नुको सट्टा राजनीतिक स्टन्टको लागि, राजनीतिक निहित स्वार्थको लागि भ्रमको खेती गर्ने गुमराह बनाउने काम बन्द गर्न म विशेष अपिल गर्न चाहन्छु ।’

राम कहाँ जन्मेका थिए भन्ने जस्ता विषयमा यदि आफूले भनेका विषय सही भन्ने लागे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा कुरा गर्न र स्थापित गर्न उनको आग्रह छ ।

‘सुनिराखेको छु मिडियामा उहाँ इन्डिया गइराख्नु भएको छ । यदि सत्य तथ्य हो भने इन्डियन सरकारसँग पुरातात्त्विक विद राखेर इन्डियासँग वार्ता गर्नुस् र स्थापित गर्नुस्’ साहको आग्रह छ ।

ओलीकै मन्त्रिपरिषद्मा रहँदा आफूले सिता जननीलाई कलेन्डरमा राख्न प्रयास गरेको तर, प्रधानमन्त्रीले नै नमानेको स्मरण गर्दै उनले तथ्य, बोली र व्यवहार एकै हुनुपर्ने बताए ।

प्रधानमन्त्री स्तरबाट झन् यस्तो हुनै नहुने उनको आग्रह छ ।

‘जसरी विवादास्पद कुराहरू जो गरिराख्नु भएछ नेपाललाई गुमराह बनाउने अधिकार कसैलाई छैन । नेपाललाई गलत दिशा दिने अधिकार कसैलाई छैन’, साहले भनेका छन्, ‘प्रधानमन्त्री जस्तो गरिमामा बसेर झुटको खेती गर्ने, आमलाई इम्ली भन्ने, अन्धकारमा धकेल्ने र समाजलाई विनाश तिर लाने कुरा कदापि स्वीकार्य छैन ।’

प्रधानमन्त्री स्तरबाट व्यक्त भएका झुटलाई करेक्सन गर्न सभामुख बाट रुलिङ हुनुपर्ने उनको माग छ । साहले भनेका छन्, ‘प्रधानमन्त्री जस्तो व्यक्तिले हवादारी कुरा गर्नु भएन । तथ्यमा टेकेर आएर संसदमा बताउनुस् । यहाँ छलफल होस् भन्ने म माग गर्न चाहन्छु ।’