२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कक्षा ११ र १२ मा कामपाको छात्रवृत्ति: पहिलो चरणमा ३ हजार ३ सय ६१ विद्यार्थी छनोट

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा प्रदान गर्ने छात्रवृत्ति कोटाको पहिलो मनोनयन सूची सार्वजनिक गरेको छ। 

पहिलो चरणमा ३ हजार ३सय ६१ विद्यार्थी छनोट भएका महानगरपालिकाले जनाएको छ। मनोनयन भएका विद्यार्थीले साउन ९ गते भित्र तोकिएको शिक्षण संस्थामा भर्ना हुनुपर्ने महानगरको शिक्षा विभागले जनाएको छ।  

परीक्षामा उत्तीर्ण भई पहिलो चरणमा मनोनयन हुन नसकेका परीक्षार्थीलाई पहिलो चरणमा मनोनयन भएका विद्यार्थीले मिति २०८२।०४।०९ गतेसम्ममा भर्ना नभई रिक्त रहेका सिटसमेतमा योग्यता क्रमकै आधारमा दोस्रो चरणमा मनोनयनका लागि मिति २०८२।०४।१० गतेपश्चात् सूचना प्रकाशन गर्ने शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञावालीले जानकारी दिए। 

शिक्षा विभागका अनुसार, २०८२/०४/०३ मा ५४ परीक्षा केन्द्रहरूमा सञ्चालित प्रवेश परीक्षामा १४,१७३ विद्यार्थी सहभागी भएका थिए।  तीमध्ये १०,८६७ जनाले न्यूनतम ४०५(४० अंक) प्राप्त गरी उत्तीर्ण भएका थिए। 

देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी परीक्षाका लागि छनोट भएका थिए।  प्रारम्भिक नतिजा २०८२/०४/०४ मा र समूहगत विषयगत अन्तिम योग्यता क्रम २०८२/०४/०६ मा प्रकाशित भएको थियो। छात्र/छात्रा र कोटा सम्बन्धी विवरण संशोधन गरी

मनोनयन सूची योग्यता क्रम र विद्यार्थीले आवेदनमा उल्लेख गरेको शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा तयार गरिएको महानगरपालिकाले जनाएको छ।

साधारण कोटामा सामुदायिक विद्यालय, संस्थागत विद्यालय, काठमाडौँ महानगरका स्थायी बासिन्दा र ल्याण्डफिल साइट क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइएको छ। आरक्षण कोटामा छात्रा, आदिवासी जनजाति, मधेसी, खस आर्य, दलित, मुस्लिम, थारु, अपांगता भएका, पिछडिएको क्षेत्रका व्यक्ति, शहीदरबेपत्ता/द्वन्द्वपीडित परिवारका विद्यार्थी समावेश छन्।