२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाले भने-‘हानिकारक पदार्थको प्रयोगबाट बच्न सचेतना आवश्यक छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हानिकारक पदार्थको प्रयोगबाट बच्न सचेतना आवश्यक भएको बताएका छन् । 

नेपाली काँग्रेसले ४३ औँ बीपी स्मृति दिवसको सन्दर्भमा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा आयोजित “वातावरण तथा जलवायु परिवर्तन सरोकार” सम्बन्धी विषयमा ३० दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहमा मन्तव्य राख्दै  यस्तो बताएका हुन् ।

‘‘हामी सम्पूर्ण नागरिकलाई स्वास्थ्य, वातावरण र जलवायु परिवर्तनप्रति सचेत रहन तथा यस्ता हानिकारक पदार्थको प्रयोगबाट बच्न र समाजमा सचेतना फैलाउन आह्वान गर्दछौँ’’, उनले भने । 

२०३९ साल साउन ६ गते  बीपी कोइरालाको स्वर्गारोहण भएको दिनलाई नेपाली काँग्रेसले हरेक वर्ष बीपी स्मृति दिवसका रूपमा विविध रचनात्मक कार्यक्रमहरू गर्दै मनाउँदै आएको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि बिपीले पुर्‍याउनु भएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा सदा अजर र अमर रहेको बताए।

कोइरालाको निधन घाँटीको क्यान्सरका कारण भएको सम्झना गर्दै क्यान्सर जस्ता घातक रोग प्राय: मादक पदार्थ, सुर्तीजन्य वस्तु तथा लागू पदार्थको सेवनबाट उत्पन्न हुने बताए । 

‘‘राष्ट्रिय एकता तथा मेलमिलाप नीतिका प्रणेता कोइरालाको ४३ औँ स्मृति दिवसको यस दिनदेखि लागू हुने गरी नेपाली काँग्रेस केन्द्रीय कार्यालय, संघीय र प्रदेशका संसदीय दलको कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालय, प्रतिनिधि सभा क्षेत्रीय कार्यालय, प्रदेश सभा क्षेत्रीय कार्यालय, पार्टीको स्थानीय तहका कार्यालय, पार्टीका सबै वडा कार्यालय, भ्रातृ एवं शुभेच्छुक संस्थाका कार्यालय र विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालय धूम्रपान र सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र रहने घोषणा गर्दछु’’, उनले भने ।