२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकताको सिफारिस गर्दा आमाको नाम अनिवार्य राख्न गाईघाट प्रशासनको परिपत्र 

अ+ अ-

गाईघाट, उदयपुर । जिल्ला प्रशासन कार्यालय, उदयपुरले अबदेखि नागरिकताको प्रमाणपत्रका लागि वडा कार्यालयमार्फत गरिने सिफारिसमा आमाको नाम अनिवार्य रूपमा समावेश गर्नुपर्ने निर्देशन दिएको छ। मंगलवार जिल्ला प्रशासन कार्यालयले उदयपुरका सबै स्थानीय तहका वडा कार्यालयलाई नागरिकता सिफारिसका क्रममा आमाको नाम छुटाउने कार्य रोक्न निर्देशन दिएको हो।

नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची १ बमोजिम वडा कार्यालयमार्फत नयाँ नागरिकता सिफारिस गर्दा आवश्यक विवरण पूर्ण रूपमा भर्नुपर्ने कानुनी व्यवस्था छ। तर, पछिल्लो समय सिफारिसहरूमा आमाको नाम नखुलाई खाली राख्ने प्रवृत्ति बढ्दो रहेको जनाउँदै कार्यालयले यसले गर्दा नागरिकताको प्रमाणपत्रमा आमाको नाम उल्लेख नहुने समस्या आएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलद्वारा हस्ताक्षरित उक्त परिपत्रमा भनिएको छ, “अब उप्रान्त अनलाइन प्रणाली मार्फत सिफारिस हुने नयाँ नागरिकता अनुसूची फारामहरूमा आमाको महल खाली नराखी आमाको नागरिकता अनुसारको नाम स्पष्ट रूपमा उल्लेख गरी पूर्ण विवरण भरी पठाउनु हुन अनुरोध छ।”

त्यसैगरी, नागरिकता लिन आउने सेवाग्राहीलाई सिफारिस गर्दा आमाको नागरिकताको सक्कल प्रतिलिपि पनि साथमा ल्याउन सूचित गर्न स्थानीय तहहरूलाई अनुरोध गरिएको छ।

परिपत्रमा त्रियुगा नगरपालिका, कटारी नगरपालिका, बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका तथा ताप्ली गाउँपालिका अन्तर्गतका सबै वडा कार्यालयहरूलाई स्पष्ट रूपमा यो निर्देशन कार्यान्वयन गर्न भनिएको छ।

त्यसैगरी, सबै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई समेत यसबारे जानकारी गराउन बोधार्थ राखिएको छ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार यस निर्देशनले नागरिकताको अभिलेख अझै व्यवस्थित बनाउन र सेवाग्राहीलाई भविष्यमा कुनै समस्या नआओस् भन्ने उद्देश्यले कार्यान्वयनमा ल्याइएको हो।