२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुद्ध एयरको जहाज उडेको १० मिनेटमै आकस्मिक अवतरण, जाँचपछि पुनः नियमित उडान

अ+ अ-

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको एटीआर-७२ जहाज उडेको १० मिनेटमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। जहाजमा इन्डिकेसन प्रोब्लम देखिएपछि सुरक्षाका कारण आकस्मिक अवतरण गरिएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उपप्रबन्धक तथा सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाजमा उडानको केही समयमै हाइड्रोलिक सम्बन्धी संकेत देखिएको थियो। “धादिङतिर पुगेपछि पाइलटले इन्डिकेसन प्रोब्लम देखेपछि फर्काएर काठमाडौँ ल्याण्ड गरिएको हो,” उनले प्रशासनसँग भने, “चेकजाँचपछि समस्या गम्भीर नभएको पुष्टि भएपछि जहाज पुनः उडाइएको छ।”

बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दिपेन्द्र कर्णका अनुसार उक्त जहाज दिउँसो ३:१५ बजे धनगढीका लागि उडेको थियो। जहाजमा ४० जना बढी यात्रु सवार थिए। समस्या देखिएसँगै तुरुन्तै फर्काइएको र यात्रुहरूलाई अर्को उडानमार्फत गन्तव्यतर्फ पठाइएको उनले जानकारी दिए।

क्यानको प्राविधिक टोलीले जहाजको प्रारम्भिक परीक्षण गर्दा गम्भीर समस्या नभएको पुष्टि भएको र त्यसपछि जहाजलाई नियमित उडानमा फर्काइएको जनाइएको छ।

भुलका अनुसार, “यो कुनै सिरियस समस्या होइन, सामान्य इन्डिकेसन प्रोब्लम थियो। प्राविधिक परीक्षणपछि जहाज पुनः सेवा सञ्चालनमा फर्किसकेको छ।”

बुद्ध एयरको एटीआर-७२ जहाज डबल इन्जिन टर्बोप्रोप श्रेणीअन्तर्गतको हो, जसले छोटा तथा मध्यम दूरीका गन्तव्यमा नियमित सेवा सञ्चालन गर्दै आएको छ।