२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द्रपुरमा लम्पी स्किनविरुद्ध नि:शुल्क औषधि वितरण

अ+ अ-

रौतहट । लम्पी स्किनका कारण रौतहटको चन्द्रपुरमा पाँच वटा दुहुनो गाई मरेपछि रोगविरुद्ध नि:शुल्क औषधि वितरण गरिएको छ । लम्पी स्किनको सङ्क्रमण नियन्त्रणका लागि सोमबारदेखि चन्द्रपुर नगरपालिकाले नि:शुल्क औषधि वितरण गर्न थालेको हो ।

लम्पी स्किनले खासगरी उन्नत जातका गाई मरेपछि नि:शुल्क औषधि वितरण गरिएको नगरपालिका पशु शाखाका प्रमुख डा. सुलभ चौधरीले जानकारी दिए । रोगबाट बचाउन हाल ४८ परिवारलाई नि:शुल्क औषधि वितरण गर्ने लक्ष्य लिइएको उनले बताए ।

डा. चौधरीले औषधि लिनका लागि कार्यालयमा सम्पर्क राख्न किसानलाई आग्रह गर्दै हालसम्म नगर क्षेत्रका ५० भन्दा बढी पशुलाई सङ्क्रमण भइसकेको जानकारी दिए । सुरुआती चरणमा चन्द्रपुर-८ मर्धरटोलका कृष्ण गौतम र चन्द्रपुर-२ का आइतेसिंह कुश्वारको गाई मरेका जनाउँदै उनले हालसम्म लम्पी स्किनका कारण पाँच वटा गाई मरिसकेका उल्लेख गरे।

अहिलेसम्म नगर क्षेत्रका ४९ वटा गाई र एउटा भैँसीमा उक्त रोगको सङ्क्रमण देखा परेको डा. चौधरीले जानकारी दिए । उनका अनुसार वडा नं ३ कार्यालयले आफ्नै बजेटबाट करिब दुई हजार २५० वटा गाई भैँसी तथा वडा-९ ले एक हजार ६०० भन्दा बढी पशुलाई सो रोगविरुद्धको भ्याक्सिन लगाएको छ ।

पशुलाई उच्च ज्वरो आउने, डाबरका फोका आउनेलगायत लक्षण देखा पर्ने डा. चौधरीले जानकारी दिए । सो रोगविरुद्ध उपचार गर्न एउटा पशुलाई रु. १० हजारदेखि रु १२ हजारसम्म खर्च लाग्ने जनाउँदै यो सरुवा रोग भएकाले सङ्क्रमित पशुलाई छुट्टै राख्ने, गोठ सफा राख्ने, लामखुट्टेबाट जोगाउनेलगायत उपाय अपनाउनुपर्ने उनले बताए । उनका अनुसार लम्की स्किनविरुद्ध लड्न पशु सेवा कार्यालय चन्द्रनिगाहपुरले विभिन्न भिटामिन तथा औषधि वितरण गर्दै आएको छ ।

लम्की स्किन पशुमा लाग्ने प्राणघातक रोग भएकाले यसबाट चौपाया बचाउन नि:शुल्क औषधिको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बताए । किसानको आम्दानीको स्रोत पशुपालन भएकाले यस्ता रोगको नि:शुल्क उपचार गरी पशुपालकलाई प्रोत्साहन गर्ने उद्देश्यले अभियानका रूपमा औषधि वितरण गर्न पशु शाखालाई निर्देशन दिइएको उनले उल्लेख गरे।