चितवन । सवारी साधनको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-११ का ३१ वर्षीय राम अवतार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार गए राति खैरहनी नगरपालिका-१ शाही चोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बलेरोले पैदल यात्रीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गए राति नै मृत्यु भएको हो । ठक्कर दिने बलेरो र चालक प्रहरीको नियन्त्रणमा छन् ।







