२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले बैठकमा उठ्यो उमेर हदको विषयमा प्रश्न

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले बोल्ने क्रम जारी छ ।

बैठक स्रोतका अनुसार, गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखिसकेका छन् । अहिले मधेश प्रदेशका सदस्यहरू बोल्न थालेका छन् ।

उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदनमाथि नेताहरूले धारणा राखिरहेका हुन् ।

अहिलेसम्म धारणा राखेका मध्ये अधिकांशले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा बोलेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताबारे केही नेताहरूले सकारात्मक धारणा राखे पनि अधिकांश नेताले ओलीकै पक्षमा बोलेका हुन् ।

केन्द्रीय सदस्य दिवाकर देवकोटाले उमेर हदको विषयमा प्रश्न उठाएका छन् । उनले पहिले ७० वर्षे उमेरहद राख्नु र अहिले हटाउनुपर्नेको कारण खोजी गरेका छन् ।

‘पहिले किन उमेर हद राखियो ? अहिले किन हटाइयो ?,’ देवकोटाले बैठकमा प्रश्न गरे ।

त्यस्तै, अर्का केन्द्रीय सदस्य कृष्ण पौडेलले पार्टी नेतृत्वकै कारण कार्यकर्तामा निराशा छाएको बताए । केन्द्रीय सदस्य रामपृत रामले नेताहरूले गुटबन्दी गरेका कारण आफूहरूलाई स्थानीय स्तरमा काम गर्न कठिन भएको बताए ।

नेताहरूले बोल्ने क्रम जारी छ । बैठक भोलिसम्म चल्ने बताइएको छ । प्रत्येक केन्द्रीय सदस्यलाई ३र३ मिनेटको बोल्ने समय दिइएको छ ।