२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खपत कम हुँदा पनि बिजुली बिल धेरै आएको भन्दै व्यवसायीले गरे गुनासो

अ+ अ-

काठमाडौँ । विद्युतको खपत कम हुँदा पनि तुलनात्मकरुपमा बिलिङ धेरै आएको भन्दै रुपन्देहीका होटेल व्यवसायीहरूले नेपाल विद्युत प्राधिकरण बुटवलमा ज्ञापन पत्र बुझाएका छन् ।

नेप्लिज होटेलियर्स एशोसिएसन (एनएचए) लुम्बिनीको एक टोलीले प्राधिकरणको बुटवल कार्यालय प्रमुख कपिलराज पाण्डेलाई ४ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

व्यवसायीहरूले डिजिटल मिटर प्रयोगमा आएपछि अस्वभाविक रूपमा बिलिङ धेरै आएको गुनासो गरेका छन् ।

एशोसिएसनका अध्यक्ष प्रवीणबहादुर पाठकले डिजिटल मिटरको सट्टा भरपर्दो वैकल्पिक मिटर जडानको व्यवस्था गर्न, डिजिटल मिटर जडान पश्चात् अस्वभाविकरुपमा बढेको युनिट तथा महसुल रकम समायोजन गर्न माग गरेका छन् ।

यस्तै होटेल प्यानलबाट लिइएको युनिट र प्राविधिक हिसाबबाट लिइएको युनिटमा समानता सुनिश्चित गर्न तथा अघोषित लोडसेडिङ तत्काल अन्त्य गर्न माग गरेका छन् । लोडसेडिङ गर्ने भए तालिका सार्वजनिक गर्न पनि व्यवसायीको माग छ ।

दैनिक रूपमा बारम्बार लाइन जाने, भोल्टेज तल माथि हुने जस्ता कारणले गर्दा इलेक्ट्रिक उपकरणहरूमा खराबी र पूर्णरूपमा नष्ट हुने समस्या आउँदा ठूलो आर्थिक क्षति भोग्नुपरेको एशोसिएसनका उपाध्यक्ष दिलीप गौचनले गुनासो गरे ।

व्यावसायिक प्रयोजनको मात्र नभई घरायसी प्रयोजनको विद्युत महसुल पनि असार महिनाको अघिल्लो महिनाको भन्दा दोब्बर तेब्बर आउने समस्या विगत वर्षदेखि नै रहेको तिलोत्तमा नगरपालिका-४ का बुद्धिजीवी यमलाल भुसालले बताए ।

व्यवसायीको ज्ञापन पत्र बुझेपछि कार्यालय प्रमुख कपिलराज पाण्डेले व्यवसायीका माग र समस्या सम्बोधनका लागि साउन महिनामा खपत हुने विद्युतको मात्रा बारे प्राधिकरण र व्यवसायी दुबैले तथ्यांक राखेर तुलना गरी समाधानको उपाय निकाल्ने बताए । त्यसबाट पनि चित्त नबुझे थप अध्ययन गर्न सकिने बताए ।