काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडमा रिक्त रहेको दुई सञ्चालक सदस्य पदका लागि दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले आइतवार सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट सञ्चालक सदस्य पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
इच्छुक र योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समयभित्र सिंहदरवारस्थित मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।
आवेदन दिनका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको मन्त्रालयले जनाएको छ ।








