काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह पदको द्वितीय चरणको परीक्षा भवन कायम गरेको छ । आयोगले सोमबार एक सूचना जारी गरी शाखा अधिकृत वा सो सरह पदको द्वितीय चरणको परीक्षा भवन कायम गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, धनकुटा कार्यालयले सञ्चालन गर्ने केन्द्रीय कार्यालयको वि.नं. १६७०१-१६७०७/०८१-८२ (खुला समावेशी),विभिन्न सेवा समूह, रा.प.तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको द्वितीय चरणको परीक्षा भवन कायम गरिएको छ ।
हेर्नुहोस् सूचना :








