२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

अ+ अ-

एएफपी । इरानमा गर्मीका कारण पानीको चरम अभाव भइरहेका बेला इरानी अधिकारीहरूले त्यहाँका बासिन्दालाई पानीको खपत सीमित गर्न आग्रह गरेका छन्।

विशेष गरी, इरानका दक्षिणी प्रान्तहरूमा पानीको अभाव एक प्रमुख मुद्दा हो । खानेपानी अभावको लागि भूमिगत स्रोतहरूको सही व्यवस्थापन नहुनु र हिफाजत नगर्नु वा अत्यधिक खर्च गर्नुका साथै जलवायु परिवर्तनको बढ्दो प्रभावलाई दोषी ठहर्‍याइएको छ।

शनिबार राष्ट्रिय मौसम सेवाले इरानमा अहिलेसम्मकै सबैभन्दा गर्मी हप्ता रेकर्ड भएको र केही क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी रहेको जनाएको थियो।

तेहरान नगर परिषद्का अध्यक्ष मेहदी चाम्रा नले भने, “नागरिकहरूले पानीको मागको दबाब कम गर्न मुहानहरूको संरक्षण र पानीको हिफाजतपूर्ण प्रयोग गर्नुपर्ने देखिएको छ।” इरानका अधिकारीहरूले हालैका दिनहरूमा यस्तै अपिल जारी गर्दै धेरै प्रान्तका बासिन्दाहरूलाई पानीको प्रयोग सीमित गर्न आग्रह गरेका छन्।

तेहरानको प्रान्तीय जल व्यवस्थापन कम्पनीले पानीको अभाव कम गर्न ‘कम्तिमा २० प्रतिशत’ प्रयोग घटाउन आह्वान गरेको छ।तेहरानलाई पानी आपूर्ति गर्ने बाँधका जलाशयहरू हाल ‘एक शताब्दीको सबैभन्दा न्यून स्तरमा रहेको’ विज्ञप्तिमा जनाइएको छ।

अधिकारीहरूले संकटलाई कम गर्न राजधानीका केही भागहरूमा पानीको चाप घटाएका छन्, जसको परिणामस्वरूप केही क्षेत्रमा ‘१२ देखि १८ घण्टासम्म पानी कटौती’ भएको इरानी पत्रिका जावनले शनिवारको समाचारमा जनाएको छ।