२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाको दाबी-‘संविधान संशोधनको लागि सुरुमा काँग्रेसले कार्यदल बनाउँछ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनको लागि सुरुमा काँग्रेसले पार्टीभित्र कार्यदल गठन गरेर काम सुरु गर्ने बताएका छन् ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको स्थापना दिवसको अवसरमा काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उक्त जानकारी दिएका हुन् ।

‘अस्तिको केन्द्रीय समितिको बैठकबाट हामीले दुइटा महत्त्वपूर्ण निर्णयहरू गरेका छौँ, हामी काँग्रेस पार्टीभित्रै एउटा कार्यदल बनाउँछौँ। त्यो कार्यदलले पार्टीभित्र पनि सघन छलफल गर्छ, पार्टीको मत बनाउँछ,’ उनले भने, ‘पार्टीको मत बनाइसकेपछि त्यो कार्यदलले नेकपा एमालेसँग मिलेर सात बुँदामा व्यक्त भएको ढंगले अर्को कार्यदल बन्छ र त्यहाँ गएर पार्टीको दृष्टिकोण राख्छ।’

महामन्त्री थापाले काँग्रेस र एमालेका साझा दृष्टिकोणहरू बनिसकेपछि मात्रै माओवादीलगायतका अरू दलहरूसँग संवाद गर्ने बताए ।

‘यसरी देशलाई हामी संविधान संशोधनको बाटोतिर लिएर जान्छौँ, हाम्रो बुझाइ प्रष्ट छ,’ उनले भने ।

संघीयताको झन्डै एक दशक लामो अभ्यासको क्रममा प्रदेश चल्ने तरिका र संघ सरकारले प्रदेशलाई अधिकार दिन नचाहेको सबै अनुभव गरिएको थापाले बताए ।

उनले यही अनुभवको आधारमा संघीयताबारे निर्मम भएर समीक्षा गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै भने, ‘संघीयता चलाउनका निम्ति हामीले केही कुराहरू संघले सबैभन्दा बढी छोड्नुपर्ने छ।’

महामन्त्री थापाले लामो छलफलपछि संघमा ७/८ वटा मन्त्रालय भए पुग्ने निष्कर्षमा पुगेको बताए । ‘संघमा जम्मा सात-आठवटा मन्त्रालय भए पुग्छ। संघीयतामा देश गइसकेपछि सबै अधिकार माथि लगेर हामीले माथि लगेर राखिरहेका छौँ। त्यहाँबाट सुरुवात गर्नुपर्छ,’ उनले भने ।

प्रदेशहरूले संघकै जस्तो कपी गरिरहेको उल्लेख गर्दै भने, ‘त्यहाँ कुनै सिर्जना छैन, त्यहाँभित्र कुनै जिम्मेवारी बोध छैन, प्रदेशका सन्दर्भमा मेरा आफ्ना प्राथमिकताहरू छन् भन्ने केही पनि छैन, खाली त्यो माथि संघले के दिन्छ भनेर हात थापेर कुरेर बसेको जस्तो भएको छ।’

उनले हाम्रो संविधानले कल्पना गरेको संघीयता यस्तो नभएको बताए ।