२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद गौतमले भनिन्-‘सबै यातायातको नियमन एउटै निकायबाट हुनुपर्छ’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले नेपालमा यातायात सुरक्षालाई प्रभावकारी बनाउन सबै प्रकारका यातायात साधनको नियमन एउटै निकायबाट हुनुपर्ने धारणा व्यक्त गरेकी छिन् ।

शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

पछिल्लो समय यातायातको दायरा धेरै ठूलो भइसकेको उल्लेख गर्दै सबै प्रकारका यातायात सेवालाई एउटै मन्त्रालयअन्तर्गत राख्नुपर्ने उनको भनाइ थियो ।

‘यातायात सुरक्षालाई एकदमै नजिकबाट हेर्नुपर्ने आवश्यकता रहेको छ । सबै प्रकारका यातायातका सबै साधनहरूलाई एकदै ठाउँमा राखेर नियमन गर्ने तरिकाले एउटा मिनिस्ट्रीबाट हेर्ने व्यवस्था गर्दा खेरी उपयुक्त हुन्छ,’ सांसद गौतमले आफ्नो धारणा राखिन् ।

उनले नागरिक उड्डयन प्राधिकरण छुट्टै सेवा प्रदायक र नियामकको भूमिकामा जाने प्रस्तावबारे प्रश्न उठाउँदै नियमन पक्ष कमजोर नहोस् भन्नेमा सचेत रहन आग्रह गरिन् ।

‘यातायातको साधनहरूमध्ये हवाई यातायात अलिकति सेफ हुन्छ भनेर मान्छे चढ्ने हो । अहिले पनि हवाई भन्दा सडक दुर्घटना धेरै भइरहेको छ । यसलाई पनि मध्यनजर गर्नुपर्छ । यो विधेयकमा सेवा दिने संस्थाले राम्रो सेवा दिनुपर्‍यो,’ उनले भनिन्, ‘सेवा प्रदायक संस्था हुने भएको यस प्राधिकरणले आम्दानी राम्रै गर्ला ।  तर नियमनकारी निकायले कसरी जोहो गर्छ त ? यो प्रश्न सैद्धान्तिक रूपमा उठेको कारणले यसरी हेर्नुपर्छ ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरूले हवाई यातायातलाई थप प्रभावकारी भूमिका खेल्न विधेयक महत्त्वपूर्ण रहेको उल्लेख गर्दै गम्भीरताका साथ अघि बढ्न जरुरी रहेको धारणा राखेका छन् ।