काठमाडौँ । ठगी मुद्दामा फरार काठमाडौँ महानगर–३ घर भई तारकेश्वर नगरपालिका-५ गोल्डढुंगा बस्ने ४६ वर्षीय केदार अर्याल पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएअनुसार ११ महिनाभन्दा बढी कैद सजाय र २ करोड ७० लाख ८६ हजार भन्दा बढी रकम बिगो तथा जरिबाना भएको ठगी मुद्दाका प्रतिवादी पक्राउ परेका हुन् ।
उनीविरुद्ध रमेशकुमार कार्कीको जाहेरीले मुद्दा चलेको थियो । अर्यालविरुद्धका ५ वटा मुद्दामा जिल्ला अदालतले ११ महिना ८ दिन कैद र १ करोड ४५ लाख ८६ हजार ९ सय ५० रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।







