२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न प्रशासनको अनुरोध

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै पालिकालाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न अनुरोध गरेको छ ।

आज एक सूचना जारी गर्दै जिल्लाका नौवटै स्थानीय तहलाई छाउ कुप्रथा हटाउन विशेष अभियान सञ्चालन गर्न अनुरोध गरेको हो । 

गत शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालीमा छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला दमाईंको सर्पले डसेर मृत्यु भएपछि छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । 

“परम्परागत रूपमा चलिरहेको कुप्रथा अझै कायमै छ । त्यसैका कारण शनिबार एक महिलाले ज्यान गुमाउनुपर्‍यो। त्यसैले यो कुप्रथा उन्मूलन गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । सोहीअनुसार सबै पालिकालाई अभियान सञ्चालन गर्न अनुरोध गरेका छौँ”, उनले भने । 

कृष्णपुर नगरपालिकाले पनि १५ दिनभित्र छाउगोठ भत्काउन सबैलाई आग्रह गरेको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले १५ दिनभित्र छाउगोठ नभत्काए रु. १० हजार जरिवाना गरिने बताए । “सबै वडा कार्यालयलाई छाउगोठ निरीक्षण गरी १५ दिनभित्र भत्काउन भनेका छौँ”, उनले भने, “अटेर गर्नेलाई रु. १० हजार जरिवाना गर्ने निर्णय गरेका छौँ ।” 

कृष्णपुर नगरपालिका-१ का वडाध्यक्ष मोहनबहादुर बस्नेतले वडाले दुई वर्षअघिदेखि छाउगोठ भत्काउने अभियान चलाए पनि सार्थकता पाउन नसकेको बताए । “गाली खाएर, झगडा गरेर पनि हामीले धेरै छाउगोठ भत्कायौँ, तर बनाइहाले”, उनले भने, “देउता रिसाउने अन्धविश्वासकै कारण यहाँ महिनावारी भएको बेला छाउगोठ बस्ने गरिएको छ ।” 

वडाध्यक्ष बस्नेतका अनुसार उक्त वडामा मात्रै अझै दुई सयभन्दा बढी छाउगोठ छन् ।