२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुरमा मनसुनजन्य विपद् पूर्वतयारी: पत्रकारहरूसँग छलफल, जोखिम क्षेत्रहरू पहिचान

अ+ अ-

भक्तपुर । भक्तपुर जिल्ला प्रशासन कार्यालयले मनसुनजन्य विपद् पूर्व तयारी तथा व्यवस्थापन सम्बन्धमा पत्रकारहरूसँग विशेष छलफल कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (सीडीओ) भरत मणि पाण्डेले पत्रकारहरूलाई विपद् व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै विभिन्न अपेक्षाहरू व्यक्त गरेका छन्।

सीडीओ पाण्डेले पत्रकारहरूसँग समयमै यथार्थ जानकारी प्रवाह गर्दै जनचेतनामूलक सन्देशहरू प्रसारण गर्न अपेक्षा गरेका छन्। उनले विपद् व्यवस्थापनमा संलग्न निकायहरूको कामकारबाहीको निगरानी गर्न र अनियमितताहरू उजागर गर्न जोड दिएका छन्।

राहत तथा पुनर्निर्माणमा पारदर्शिता कायम राख्न सहयोग गर्न र मानवीय सहानुभूति जुटाउन पीडितहरूको यथार्थ अवस्था उजागर गर्न आग्रह गरेका प्रजिअ पाण्डेले सरकारी तथा उद्धार निकायहरूसँग सहकार्य गर्दै सूचना प्रवाहमा सहयोग गर्न र गलत सूचना फैलिन नदिन पनि अपेक्षा राखेका छन्।

कार्यक्रममा जिल्लाका विभिन्न नगरपालिकाहरूमा बाढी, डुबान र पहिरोका जोखिमयुक्त क्षेत्रहरूबारे विस्तृत जानकारी दिइएको थियो।

बाढी र डुबानका जोखिमयुक्त क्षेत्रहरूमा चाँगुनारायण नगरपालिकाका नेपाल इन्जिनियरिङ कलेजदेखि नील वाराहीसम्म, राक्का गाउँ, बेँसी, कैलाश नगर, काशाङ, बचेपाटी क्षेत्र, दुवाकोट मोड, गाख्रु क्षेत्र, असल छिमेकी रहेका छन्।

यसबाहेक मूलाखोला वरिपरिका बस्तीहरू, खस्याङ खुसुङ खोलाको किनार पुल नजिक, भक्तपुर र चाँगुनारायण नगरपालिका ३ को सिमाना, कुइकेल गाउँ, मगर टोल, प्रगति टोल, इन्द्रेणी पुल, साँखु पुलको नयाँ बस्ती जोखिममा छन्।

खुलाल टार झोलुङ्गे पुल, व्यासी कापाहिटी हलचाप नयाँ बस्ती, छालिङ्ग क्यूमेड एरिया, छाया बस्ती, दोभाने, पिखेल, गुसिटार, तेलकोट पञ्चकन्या आधारभूत विद्यालय आसपासका क्षेत्रहरू पनि प्रभावित छन्।

नगरकोट फेदी बास्तोला नगर, साविक ४ लामा टोल, काभ्रे खोल्सा, पदाली खोला, बागेहिटी खोल्सा, मणिकर्णिका एरिया, गुरुङ गाउँ, घट्टे खोला प्रभावित ठाउँहरू समावेश छन्।

मूल साँघु र नयाँ बस्तीहरू, घट्टे खोला र चिम्सिखोला, विन्दवासिनी मन्दिर क्षेत्र, दुलालगाउँ ठुलो खोला, सितेको खोला, खोटी खोलादेखि दोभान खोलासम्मका क्षेत्रहरू जोखिमयुक्त रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

ताथली ९, सुडाल ८ को सुइटी खोला तब्या खुसी हुँदै हनुमान्ते भनपा महेश्वरीसम्मको करिडोर क्षेत्रका कृषि, आवासीय र उद्योग क्षेत्रहरू पनि प्रभावित हुन सक्ने प्रशासनले जनाएको छ ।

भक्तपुर नगरपालिकामा सल्लाघारी डा. इवामुरा अस्पताल एरिया, श्रृजनानगर एरिया, डीवाई कलेज पछाडिको डुकेरे एरिया, कालीघाट, खसाङखुसुङ खोलाको दायाँ–बायाँ क्षेत्रहरू जोखिममा छन् भने मंगलतीर्थ मन्दिर एरिया, राम मन्दिर एरिया, चुपिङघाट, सिद्धि स्मृति अस्पताल एरिया, लिवाली एरिया पनि समावेश छन्।

सूर्य विनायक नगरपालिकामा वडा नं. ८ चक्कुफाँट, सिमगाल: वडा नं. ७ रानी खोला, तामाङ गाउँ, बुढी गण्डकी, खत्री गाउँ, कार्की गाउँ, मन्थली गाउँ र किवाचोक जोखिमयुक्त छन्।

यसका साथै वडा नं. ८ आशापुरी दोरलाङ खोला सिमगाल: वडा नं. ७ बागसिंहमार्ग पञ्चकन्या मन्दिर एरिया, पाखागाउँ एरिया: वडा नं. ४ मोडन स्कुल एरिया, अधिकारी टोल, पुत्लाडोल महादेव खोलास वडा नं. ४, ५ र ७ को सीमा एरिया रहेका छन्।

साथै मध्यपुर थिमि नगरपालिकामा मनहरा सुकुम्वासी बस्ती, दिव्यश्वरी प्लानिङ क्षेत्र, सिद्धिकाली क्षेत्र जोखिमयुक्त छन्।

पहिरोका जोखिमयुक्त क्षेत्रहरूमा चाँगुनारायण नगरपालिकाका रोक्का गाउँ, खड्का डिल, रुपाथली, व्यासी, सरस्वती खेलस कासुल्ला टोल, कार्की टोल, भण्डारी टोल, रक्षा टोल, नरटोल, लम्साल बानिया टोल रहेका छन्।

दाहाल गाउँ, गेलालगाउँ: नारायणटार, बुढाथोकी गाउँ, इन्द्र खोल्चा, खोरीया, मगर गाउँ, हलचाप गाउँ, प्रगति टोल, पोखरेल गाउँ, सङ्गम टोल, चाँगुनारायण मन्दिर क्षेत्र, बलटोल छाप, चापा खवाल (चाँगु अस्पताल) जोखिममा छन्।

यसमा तामाङ गाउँ, खड्का गाउँ, लामिछाने टोल, भिम्सेन डाँडास साविक ४ लामा टोल, बस्तोला टोल, बेँसी टोल, वडा कार्यालय नजिकको पहिरो, साविक १ जाल्पादेवी मन्दिरको पहिरो समावेश छन्।

साविक ८ गडगडे पुल बाढीको जोखिम, नगरकोटबाट गडगडे जाने पुरानो बाटो पहिरो, लामा टोलबाट वाघमारा निस्कने बाटो पहिरो जोखिम, अवतार टोल, गडगडे स्कुलसँगको पहिरो पनि रहेका छन्।

मजुवा पदाली, अधिकारी टोल, थरिटोल, गुरुङ टोल: वाल्मिकेश्वर विद्यालय माथिको पहिरो, नाकेडाँडो सिमखेत पहिरो, सिते डाँडो पहिरो, ठाडो ढुङ्गो चौलागाई टोलमुनिको पहिरो, पुरी गाउँ पहिरो, मिट्ठाराम नेपाल कलामसि पहिरो जोखिमयुक्त छन्।

हर्षपुर, नालाछाप, तल्लो टार, सौडोल बस्नेत टोल, खड्का टोल पनि समावेश छन्।

सूर्य विनायक नगरपालिकामा वडा नं. ४ अनन्तलिङ्ग: वडा नं. ७ किवाचोक, तामाङ गाउँ, खत्री गाउँ, कार्की गाउँ, मन्थली गाउँ: वडा नं. ८ गहनादेवी: वडा नं. ९ काक्राबारी रहेका छन्।

मध्यपुर थिमि नगरपालिकामा नीलबाराही क्षेत्र जोखिमयुक्त छ।

बाढी, पहिरो तथा डुबान प्रभावितहरूलाई सुरक्षित स्थानान्तरण गर्नका लागि जिल्लाका विभिन्न खुल्ला क्षेत्रहरूलाई पहिचान गरिएको छ। जसमा सल्लाघारी तिनकुने (१०८ रोपनी), तौमढी, तालाको साविक भक्तपुर न.पा. १४, भेलुखेल (६ रोपनी), नासमना, पदम मा.वि., विद्यार्थी निकेतन मा.वि., दतात्रय स्क्वायर, सरस्वती विद्या गृह समावेश छन्।

भक्तपुर दरबार स्क्वायर (१० रोपनी), सुर्यमढी विद्या गृह (१२ रोपनी), काठमाडौँ विद्या गृह साविक भक्तपुर न.पा. १४ बजार, ख्वप कलेज, बासु विद्यालय, ख्वप इन्जिनियरिङ कलेज पनि खुल्ला क्षेत्रका रुपमा तोकिएका छन् ।

भक्तपुर बहुमुखी क्याम्पस, आदर्श आजाद उ.मा.वि., सैनिक महाविद्यालय र महेश्वरी फुटबल खेलमैदान पनि वैकल्पिक स्थानहरू रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सीडीओ पाण्डेले विपद् व्यवस्थापनमा सबै सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बताउँदै पत्रकारहरूलाई सत्य र विश्वसनीय सूचना प्रवाहमा जोड दिएका छन्।