२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुढानीलकण्ठ नगरपालिकाद्वारा फार्मेसी अनुगमन: ५ वटा फार्मेसीलाई कारवाही, ३ वटा बन्द

अ+ अ-

काठमाडौँ । नागरिकहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै बुढानीलकण्ठ नगरपालिकाले फार्मेसीहरूमा गरेको अनुगमनमा नियम उल्लंघन गर्ने ५ वटा फार्मेसीहरूमाथि कारबाही गरेको छ। नगरपालिका र औषधि व्यवस्था विभागको संयुक्त टोलीले आज गरेको अनुगमनका क्रममा यी फार्मेसीहरूले दवाईको ब्याच नियमन नगर्ने, बिना पर्ची औषधि बिक्री गर्ने तथा रेकर्ड व्यवस्थापनमा लापरबाही गरेको पाइएको थियो।

अनुगमन टोलीका एक सदस्यका अनुसार, फार्मेसीहरूले औषधि बिक्री तथा व्यवस्थापनसम्बन्धी सरकारी नियमहरूको पालना नगरेको पुष्टि भएपछि तत्काल कारबाही स्वरूप ४ वटा फार्मेसीहरूलाई सुधारका लागि निर्देशन दिइएको छ। यसमध्ये ३ वटा फार्मेसीहरूलाई भने सुधार नहुन्जेलसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ। यस कारबाहीबाट नागरिकहरूलाई सुरक्षित र गुणस्तरीय औषधि सेवा उपलब्ध गराउने उद्देश्य रहेको नगरपालिकाका अधिकारीहरूले बताएका छन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाका अनुसार, यस्ता अनुगमनहरू नियमित रूपमा जारी रहनेछन् र नियम उल्लंघन गर्ने फार्मेसीहरूमाथि थप कडा कारबाही गरिने छ। यो अभियानले फार्मेसी सञ्चालकहरूलाई जिम्मेवार बनाउने र औषधि बजारलाई पारदर्शी बनाउने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत बर्तौलाको भनाई छ । 

अनुगमनमा पाइएका कमजोरीहरू सुधार्नका लागि फार्मेसी सञ्चालकहरूलाई समयसीमा दिइएको छ, जसले गर्दा उनीहरूले छिट्टै नियम पालना गर्नुपर्नेछ।