काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आइतबार एक सूचना जारी गरी खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं १४७६३/०८०-८१ (अपाङ्ग), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।








