२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इमान्दार कर्मचारीले भ्रष्टाचारको अभियोगबाट कसरी बच्ने ?

अ+ अ-

इमान्दार कर्मचारीले भ्रष्टाचारको अभियोगबाट बच्न पूर्व सचिव त्रितालका ९ सूत्र

काठमाडौँ । इमानदार हुँदा हुँदै पनि कतिपय कर्मचारीलाई भ्रष्टाचारको अभियोग लाग्ने गरेको देखिन्छ र सुनिन्छ । यस्तो अवस्थाबाट कसरी बच्न सकिन्छ ? पूर्वसचिव शारदा प्रसाद त्रितालले इमानदार कर्मचारीहरूलाई भ्रष्टाचारको अभियोगबाट बचाउने उपायहरू सुझाएका छन् । उनले आफ्नो अनुभवका आधारमा विभिन्न सुझावहरू दिएका छन् जसले नवप्रवेशी तथा अनुभवी कर्मचारीहरूलाई सचेत गराउने छ ।

त्रितालका अनुसार, इमानदार कर्मचारी पनि परिवेशका कारण भ्रष्टाचारको अभियोग व्यहोर्न बाध्य हुन सक्छन् । यसबाट बच्नका लागि उनले नौ वटा मुख्य उपायहरू सुझाएका छन् । पहिलो, सम्बद्ध ऐन नियमको राम्रो जानकारी राख्नुपर्छ । टिप्पणी पेश गर्दा वा पत्राचार गर्दा सेवा र कामसँग सम्बन्धित ऐन नियमहरूको स्पष्ट जानकारी हुनुपर्छ । सुशासन ऐन, आर्थिक प्रशासनसम्बन्धी ऐन, खरिद ऐन, सेवा ऐन र कानुनी प्रावधानहरूको ज्ञान आवश्यक छ । टिप्पणीमा कानुनका दफा नियमहरू उल्लेख गर्नुपर्छ र आवश्यकता अनुसार अदालतका नजिरहरूको सन्दर्भ लिनुपर्छ । जग्गा जमिन वा दण्ड सजायका विषयमा नजिरहरूको आवश्यकता पर्न सक्छ ।

दोस्रो, टिप्पणी पेश गर्दा वा पत्र लेख्दा विशेष सतर्क रहनुपर्छ । प्रत्येक शब्द र वाक्य सान्दर्भिक हुनुपर्छ, अन्यथा नकारात्मक असर पर्न सक्छ । ’उचित निर्णयार्थ’ जस्ता शब्दहरूले पनि समस्या निम्त्याउन सक्छन् । सकेसम्म स्पष्ट र कानुनसम्मत धारणा लेख्नुपर्छ । लामा वाक्यहरूले दोहोरो अर्थ लाग्न सक्छ, त्यसैले छोटा र स्पष्ट वाक्यहरू प्रयोग गर्नुपर्छ ।

तेस्रो, फाइल तथा पत्रहरूको इन्डेक्सिङ गर्नुपर्छ । फाइल पेश गर्दा त्यसमा रहेका पत्र र कागजातहरूको इन्डेक्सिङ गरेर सम्बन्धित कर्मचारीले हस्ताक्षर गर्नुपर्छ । यसले कागजातहरू हेरफेर वा हटाउने जोखिमबाट बचाउँछ । माथिल्लो पदाधिकारीको आदेशको चिर्कटो भए त्यसलाई अट्याच वा फोटोकपी गरेर समावेश गर्नुपर्छ ।

चौथो, फाइल तथा पत्रहरू दर्ता वा चलानी गरेर मात्र जिम्मा लिने दिने गर्नुपर्छ । बाहिरबाट आएका फाइलहरू दर्ता गरेर र बाहिर जानेलाई चलानी गरेर मात्र ह्यान्डल गर्नुपर्छ । यसले फाइल हराउने वा लुकाउने प्रवृत्तिबाट जोगाउँछ । फाइलहरू कर्मचारीबाहेक अरूलाई ल्याउन वा लान दिनु हुँदैन ।

पाँचौँ, निर्देशनको आधारमा मात्र काम कारबाही नगर्ने । प्रशासनमा निर्देशानुसार काम गर्ने प्रचलनले इमानदार कर्मचारीलाई सताउन सक्छ । प्रधानमन्त्री, मन्त्री, सचिव वा बाह्य शक्तिका निर्देशन मानेर ऐन नियमलाई बेवास्ता गरे फसिन्छ ।

छैटौँ, कसैको विश्वासमा मात्र काम नगर्ने । अरूको विश्वासमा काम गर्दा फस्न सकिन्छ । विश्वास गर्नु आवश्यक छ तर भेरिफाई गर्न चुक्नु हुँदैन ।

सातौँ, बिचौलियाको षडयन्त्रबाट बच्ने । प्रशासनमा बिचौलियाको बिगबिगी छ । साथीभाइ, युनियन पदाधिकारी वा हाकिमका नाम लिएर आउनेहरू बिचौलिया हुन सक्छन् । यसमा विशेष होसियार रहनुपर्छ ।

आठौँ, कामको जिम्मा लिँदा वा अर्कोलाई दिने गर्दा बरबुझारथ अनिवार्य गर्ने । पदस्थापन वा सरुवा हुँदा महत्त्वपूर्ण कागजात र फाइलहरूको बरबुझारथ गर्नुपर्छ ।

नवौँ, मन्त्रालय वा निकायबाट विभिन्न संस्थाहरूमा प्रतिनिधित्व गर्दा होसियार बन्ने । सार्वजनिक संस्थाहरूमा प्रतिनिधि भएका कर्मचारीहरूले भ्रष्टाचारको अभियोग खेप्नुपरेको छ । यसमा विशेष ध्यान दिनुपर्छ । बैठकको कार्यसूची ४८ घण्टा अघि प्राप्त गर्ने, विस्तृत अध्ययन गर्ने, संस्थाको कानुनी व्यवस्था जान्ने, ‘विविध’ बुँदामा निर्णय नगर्ने, राजनीतिक नियुक्तिका प्रमुखहरूको तिगडमबाट सतर्क रहने, सचिवले भनेपछि मात्र हस्ताक्षर नगर्ने र छलफलका विषयहरू नोट गरेर निर्णय पुस्तिकासँग भिडाउने गर्नुपर्छ ।