काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियर र सब-इन्जिनियरविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढ नगरपालिका, बाराका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानु, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, इन्जिनियर सुरेश कुमार यादव र सब-इन्जिनियर उपेन्द्र कुशवाहा विरुद्धको मुद्दा अदालतमा पुनरावेदन गरेको हो ।
उनीहरूले सिम्रौनगढ नगरपालिका वडा नं.२ स्थित रानीवास सङ्ग्रहालय भवन निर्माण कार्यमा इष्टिमेट बमोजिम काम नगरी कामको परिमाणसमेत बढाई झुट्टा बिल बनाई एवं गलत प्रतिवेदनसमेत तयार गरी बढी रकम भुक्तानी लिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी शुक्रबार सर्वोच्चमा पुनरावेदन गरेको अख्तियारले जनाएको छ ।








