काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवा र इन्जिनियर सेवाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले शुक्रबार सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं १२०७८-१२०७९/०८०-८१ (खुला महिला), स्वास्थ्य सेवा, विविध समूह, रा.प.तृतीय श्रेणी, अप्टिसियन सहायक पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।

यस्तै लोक सेवा आयोग, हेटौँडा कार्यालयको विज्ञापन नं १२५५१/०८०-८१ (खुला), इञ्जि. सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.तृतीय श्रेणी, स्टोर मेकानिक्स पदको लिखित नतिजा पनि प्रकाशन गरिएको छ ।








