२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कला क्षेत्रको साइबर अपराध हेर्ने गरी ‘फोकल पर्सन’ तोक्न गृहमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध र विकृति रोक्न प्रहरीको साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोकिने भएको छ ।

बिहीबार दिउँसो मन्त्रालयमा पुगेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको डेलिगेसन टोलीलाई गृहमन्त्री रमेश लेखकले उक्त जानकारी दिएका हुन् ।

सो अवसरमा उपस्थित प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख तथा प्रहरी नायव महानिरीक्षक नबीन्द अर्याललाई गृहमन्त्री लेखकले ब्युरोमा फोकस पर्सन तोकेर काम अघि बढाउन निर्देशन दिए ।

गृहमन्त्री लेखकले सामाजिक सञ्जाल र डिजिटल प्लाटफर्ममा हुने विकृति र त्यसको रोकथामको लागि निष्कर्षसहित अघि बढ्ने बताए ।

उनले भने, ‘गीतसंगीतको मार्फत समाजमा विद्धेष, घृणा फैलाउने, समाज समाजको बीचमा, व्यक्ति व्यक्तिको बीचमा, भाषाभाषीको बीचमा, एक अर्काप्रति अपहेलना गर्ने, अपमान गर्ने, लान्छना लगाउने कार्य रोक्न निष्कर्ष निकालेर अघि बढ्छौँ’ गृहमन्त्री लेखकले भने ।

यही सन्दर्भमा उनले कला क्षेत्रको साइबर मामिलालाई हेर्ने गरी फोकल पर्सन तोकेर काम गर्न निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक थापाले यस्तो समस्या आए प्रहरीमा उजुरी दिन आग्रह गरे । ‘गीतसंगीत र दोहोरीको नाममा विकृति छन् । बच्चा, नातिनातिना, छोराछोरीसँग बसेर टिकटक र गीत हेर्ने अवस्था छैन । यसको अन्त्य गर्न हामी लाग्छौँ’ उनले भने ।

सो अवसरमा प्रतिष्ठानकी अध्यक्ष थापासहित पुगेका कलाकारले लोक संगीत क्षेत्रमा विकृति विसंगति देखिएको र यसको रोकथामको लागि राज्य गम्भीर हुनुपर्ने बताएका थिए ।

सो अवसरमा अन्य कलाकार शिव हमाल, बद्री पँगेनी, पूर्णकला बिसी, पुष्कल शर्मा, सम्झना भण्डारी, कुलेन्द्र विश्वकर्मा, सुरेश अधिकारी, श्रीकृष्ण बम मल्ल लगायत पुगेका थिए ।

आजै राष्ट्रिय लोकसंचारकर्मी नेपालले पनि गृहमन्त्री लेखकलाई अलग्गै ध्यानाकर्षण पत्र बुझाउँदै तीज पर्वमा अश्लील र अमर्यादित गीत आएको र यसलाई रोक्न माग गरेको छ । पत्र बुझ्दै गृहमन्त्री लेखकले रोकथाममा सरकार गम्भीर रहेको बताए ।