२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न बीमा कम्पनीहरूलाई निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले मंगलबारको रसुवा बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

पीडितबाट आएको माग दाबीका विवरण हरेक बिहीबार प्राधिकरणमा अद्यावधिक गराउने गरी निर्देशन दिएको हो ।

बाढीका कारण रसुवा भन्सार कार्यालय यार्डमा क्षति पुगेको छ । ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ । साथै, रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा समेत क्षति पुगेको छ ।

बाढीका कारण ९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । सुरक्षा निकायले ५५ जनाको उद्धार गरेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म ३५ युनिट ईभी गाडी बगेको पुष्टि भएको छ ।

२३ युनिट कन्टेनर ट्रक सामान सहित बगेको पुष्टि भइसकेको छ । सिनो ट्रक ६ वटा बगेको पुष्टि भएको छ । आयात–निर्यात व्यवसायीका अनुसार भन्सारमा पार्क गरेर राखिएका विद्युतीय गाडी बगाएको दाबी गर्दै आएका छन् ।

उक्त बाढीका कारण भएको क्षतिको दाबी र भुक्तानी सन्दर्भमा समेत प्राधिकरणले बीमा कम्पनीलाई तत्काल राफसाफ गर्न निर्देशन दिएको छ ।

बाढीबाट भएको क्षतिमा बीमा क्षेत्रले कभर गर्नुपर्ने कति हुन्छ भन्ने यकिन भई नसकेको प्राधिकरणले जनाएको छ । तर, बाढी पीडितबाट आएको दाबी शीघ्र दाबी फर्छ्योट गर्न प्राधिकरणले सम्बन्धित कम्पनीहरूलाई निर्देशन दिइसकेको छ ।

वर्षा तथा बाढी-पहिरोका कारण बीमितको धन सम्पत्तिमा हुन गएको क्षति र असहजता मध्यनजर गर्दै त्यसबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्छ्योट गर्न बीमा कम्पनीलाई निर्देशन दिएको हो ।

साथै, उल्लेखित कारणले भएको क्षतिको विवरण साप्ताहिक रूपमा तथ्यांक प्राधिकरणमा पेस गर्नसमेत निर्देशन दिएको छ ।