२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाजामा पाँच इजरायली सैनिकको मृत्यु

अ+ अ-

काठमाडौँ । उत्तरी गाजा पट्टीमा भएको लडाइँमा पाँच इजरायली सैनिक मारिएको इजरायली सेनाले मंगलबार बताएको छ । यसअघि इजरायल र हमासले कतारमा अप्रत्यक्ष युद्धविराममा अप्रत्यक्ष वार्ता गरेका थिए ।

इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ, “उत्तरी गाजा पट्टीमा लडाइँका क्रममा दुई सैनिकको मृत्यु भएको छ, उही घटनामा अन्य तीन जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएका छन् ।” घाइते सैनिकहरूलाई ‘उपचारका लागि अस्पताल लगिएको र उनीहरूका परिवारलाई सूचित गरिएको’ सेनाले बताएको छ ।

गाजामा लगभग दुई वर्षको युद्धमा पछिल्लो चरणको वार्ता दोहामा आइतबार सुरु भएको छ । इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासका प्रतिनिधिहरू एउटै भवनको विभिन्न कोठामा बसेका थिए । सोमबारको वार्ता ‘कुनै सफलता बिना’ समाप्त भएको वार्तासँग परिचित एक प्यालेस्टिनी अधिकारीले बताए ।

हमास र इजरायली प्रतिनिधिमण्डलहरूले वार्ता पुनः सुरु गर्ने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ पनि यस हप्ता युद्धविराम सुरक्षित गर्ने प्रयासमा उनीहरूसँग सामेल हुने तय गरिएको थियो । अमेरिकी प्रस्तावमा ६० दिनको युद्धविराम समावेश थियो ।

उक्त प्रस्तावअनुसार हमासले अक्टोबर सन् २०२३ अक्टोबरमा इजरायलमा भएको आक्रमणका क्रममा बन्धक बनाइएका १० जीवितलाई रिहा गर्नेछ र इजरायलले हिरासतमा लिएका प्यालेस्टिनीहरूको बदलामा धेरै शव फिर्ता गर्ने छलफलको नजिक रहेका दुई प्यालेस्टिनी स्रोतले बताएका छन् ।

हमासले इजरायलको फिर्तीका लागि केही सर्तहरू, वार्ताको क्रममा लडाइँ पुनः सुरु नगर्ने ग्यारेन्टी र संयुक्त राष्ट्रसंघीय नेतृत्वको सहायता वितरण प्रणाली फिर्ता गर्न पनि माग गरिरहेको छ ।