२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राधिकरणले अगाडि बढायो सौर्य ऊर्जा परियोजना

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मिश्रण अवधारणाअन्तर्गत नौ सय ६० मेगावाट क्षमता बराबरको सौर्य परियोजनाको आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

त्यसमध्ये आठ कम्पनीको एक सय ७० मेगावाट बराबरको सौर्य आयोजनाको विद्युत् खरिद सम्झौता सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

यस्तै, चार हजार नौ सय ६६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाको ग्रीड कनेक्सन एग्रिमेन्टको प्रावधानअनुसार विद्युत् खरिद सम्झौताको प्रक्रिया अगाडि बढाइएको छ । प्राधिकरणले एक सय दुई मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन प्रक्रिया आरम्भ गर्न लागिएको उनले जानकारी दिए ।

सो आयोजनाको मुख्य सुरुङमा पानी चुहिने समस्या देखिएको थियो । सो समस्यासमेत समाधान भइसकेको जानकारी दिँदै कार्यकारी निर्देशक शाक्यले गत वर्षको बाढी पहिरोका कारण समस्याग्रस्त भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई मर्मत गरी पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको उल्लेख गरे ।

प्राधिकरणमा हाल सिर्जित दायित्व तथा प्राधिकरणमा देखिएको तरलता व्यवस्थापनका लागि रु. १० अर्ब बराबरको अल्पकालीन ऋण लिन अर्थ मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएको उनको भनाइ छ । उत्पादन प्रसारण र वितरण प्रणालीको विस्तार, विद्यमान संरचनाको स्तरोन्नतीलगायत कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न रु. २० अर्ब बराबरको ऋणपत्र जारी गर्न पनि अर्थले प्राधिकरणलाई स्वीकृति दिएको छ ।

प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त भएको १०० दिन पुगेको अवसरमा विवरण सार्वजनिक गर्दै उनले डिजिटल एनइए निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाइएको बताए ।