२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विदेशका जेलमा रहेका नेपालीको यकीन गर्न कूटनीतिक पहल थालेका छौँ’ : श्रम मन्त्री भण्डारी

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले विदेशका जेलमा रहेका नेपालीको सङ्ख्या यकिन गर्न कूटनीतिक पहल थालिएको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सदनमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री भण्डारीले कुन देशका जेलमा कति सङ्ख्यामा नेपाली छन् भनेर खोजीनिती भइरहेको बताए। “नेपालीहरू विभिन्न देशका जेलमा रहेको सत्य हो । तर ठ्याक्कै कति भन्ने तथ्याङ्क छैन । मन्त्रालयले खोजेर सदनलाई जानकारी गराउनेछ”, उनले भने, “कानुनी सहयोग पाउन नसक्दा उनीहरू थप समस्यामा परेकाले सम्बन्धित देशका कानुन व्यवसायीको सहयोग र विभिन्न नियोगलाई यसबारे बुझ्न लगाइएको छ ।” 

श्रममन्त्री भण्डारीले हालसम्म विदेशमा ज्यान गुमाएका १४ हजार बढी नेपालीको शव ल्याइएको बताए। वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणलाई पूर्ण अनलाइन प्रणालीमा लैजाने तयारी भइरहेको उनको भनाइ छ । भारतमा काम गर्नका लागि श्रम स्वीकृत अनिवार्य नरहेकाले त्यहाँ काम गर्ने नेपाली श्रमिकको तथ्यांक नरहेको उनले स्वीकारे  । 

वैदेशिक रोजगार ऐन, २०६४ संशोधन र परिमार्जन गरी समयसापेक्ष बनाउन मन्त्रालयले प्रक्रिया अघि बढाएको उहाँले सदनलाई जानकारी गराए । अहिले वैदेशिक रोजगारीमा जानेहरू ठगीमा परेको भनेर ३६ हजार बढी मुद्दा वैदेशिक रोजगार विभागमा दर्ता भएको उल्लेख गर्दै मन्त्री भण्डारीले विभागले अनुसन्धानदेखि मुद्दा दर्तासम्मको काम गर्न त्यहाँको संरचना अपर्याप्त रहेको उल्लेख गरे । वैदेशिक रोजगारीमा ठगीमा परेकाहरूको अनुसन्धान र मुद्दा चलाउने काम जिल्ला तहमा पठाउने कानुन संशोधनको तयारी गरिरहेको भण्डारीको भनाइ छ ।

आन्तरिक रोजगारी प्रवर्द्धनका लागि नेपाल सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ बाट आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशक (२०८२/८३–२०९१/९२) का रूपमा मनाउने घोषणा गरेको उनले बताए । 

आन्तरिक रोजगार प्रवर्द्धनका लागि सरकारले विभिन्न कार्यक्रममार्फत काम गरिहरेको उनले उल्लेख गरे । न्यूनतम रोजगारमा संलग्न हुन चाहने व्यक्तिले हरेक वर्ष फागुन सम्ममा नाम दर्ता गरिसक्नुपर्ने व्यवस्था रहेकामा चालु आर्थिक वर्षका लागि सात लाख ९७ हजार ७२५ र आर्थिक वर्ष २०८२/८३ का लागि सात लाख ४५ हजार ४३५ जनाले नाम दर्ता गराएको जानकारी दिए । सूचीकृत बेरोजगारहरूलाई न्यूनतम रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम रोजगार दिन चालु आवमा ६० हजारलाई रोजगार दिनेगरी बजेट विनियोजन भएको उनको भनाइ छ ।