२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६,९३४ निजामती कर्मचारीद्वारा अध्ययन र असाधारण बिदा उपयोग, १,३७३ को विवरण शुद्धीकरण हुँदै

अ+ अ-

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार ६,९३४ निजामती कर्मचारीले असाधारण, अध्ययन तथा बेतलबी बिदा उपयोग गरेका छन्। साथै, विगत १० वर्षदेखि निष्क्रिय देखिएका १,३७३ कर्मचारीको विवरण शुद्धीकरणका लागि विशेष अभियान सञ्चालन भइरहेको छ।

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार बिदा उपयोगसम्बन्धी अद्यावधिक तथ्यांक विभागको प्रणालीमा शुद्धता कायम गर्न सुरु गरिएको विशेष शुद्धीकरण अभियानको हिस्सा हो। तथ्यांकअनुसार १,५६० कर्मचारीले बेतलबी असाधारण बिदा, ५ जनाले उपचारका लागि तलबी असाधारण बिदा, ३,९१८ जनाले तलबी अध्ययन बिदा, १,४४२ जनाले बेतलबी अध्ययन बिदा र ९ जनाले परिवारका सदस्य विदेशी नियोगमा कार्यरत हुँदा उपयोग हुने बेतलबी बिदा लिएका छन्।

विभागले बिदा उपयोग गरेर सेवामा फर्किएका वा नफर्किएका कर्मचारीको विवरण अद्यावधिक गर्न र अभिलेखमा रहेका त्रुटि सच्याउन आफ्नो वेबसाइटमा विस्तृत विवरण सार्वजनिक गरेको छ। कर्मचारीहरूले स्वयं उपस्थित भएर वा विभागको इमेलमार्फत सप्रमाण कागजात पठाएर आफ्नो विवरण अद्यावधिक वा शुद्धीकरण गर्न सक्नेछन्।

यसैगरी, १० वर्षदेखि सम्पत्ति विवरण नबुझाएका वा कुनै विवरण अद्यावधिक नगरेका १,३७३ कर्मचारीको अभिलेख फेला परेको छ। यस्तो स्थिति राजीनामा, अवकाश वा माथिल्लो तहमा बढुवा भएर पनि अभिलेख शुद्धीकरण नहुँदा सिर्जना भएको हुन सक्ने विभागको अनुमान छ। यस्ता विवरणको वास्तविकता पत्ता लगाउन र प्रणालीबाट शुद्धीकरण गर्न विशेष टोली परिचालन गरिएको छ।

महानिर्देशक पोखरेलले विभागको वेबसाइटमार्फत सार्वजनिक सूचना जारी गर्दै अभिलेख अद्यावधिक र शुद्धीकरण अभियानमा सहयोग गर्न सबै सरोकारवालालाई अपिल गरेका छन्। उनले भने, “यो अभियानले निजामती सेवाको अभिलेख प्रणालीलाई थप पारदर्शी र विश्वसनीय बनाउनेछ।”