काठमाडौँ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमुना स्वास्थ्य संस्था घोषणा गरिएको छ।
जनस्वास्थ्य कार्यालय सिन्धुलीले शनिबार एक कार्यक्रम आयोजना गरी उक्त संस्थालाई जिल्लाकै नमुना स्वास्थ्य संस्था घोषणा गरेको हो।
न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकनमा महेन्द्रझ्याडी सिन्धुली जिल्लाकै नमुना स्वास्थ्य संस्थामा छनोट भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख विमल पटेलले जानकारी दिए। एमएसएस मूल्यांकनमा महेन्द्रझ्याडी स्वास्थ्य चौकीले जिल्लाकै स्वास्थ्य संस्थाहरूमध्ये सबैभन्दा बढी ९० अंक प्राप्त गरेको उनको भनाइ छ।







